‘राष्ट्रपति रनिङ शिल्ड’ शुरु

Add Samajik bikash office

बेनी । बेनीमा सोमवारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको । जिल्ला खेलकुद विकास समितिको आयोजनमा शुरु भएको प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुनेछ् ।

असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

पालिकाहरुले छनौट गरेर पठाएका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर विभिन्न विधामा खेलाडी र प्रशिक्षक गरि १११ जनालाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउने अध्यक्ष केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

प्रतियोगिताको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान भई प्रदेश र राष्ट्रिय स्तरमा पुग्ने अवसर पाउने बताउनुभयो ।

Bhautik ministry notice about road

छात्र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु बिधामा खेलाडी छनौट गरिने भएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नगरप्रमुख केसीले आगामी कात्तिक मंसिरमा बेनीमा नगर स्तरीय रनिङ शिल्ड सञ्चालन गरिने बताउनुभयो । कोरोना महामारीका कारण यसअघिका दुई वर्ष प्रतियोगिता सञ्चालन हुन सकेको थिएन् ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रतिकुल मौसमको वावजुद आर्थिक वर्षको अन्तमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । राष्ट्रपति कप प्रतियोगितामा विजेता विद्यालयलाई ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने छ ।

प्रतिकुल मौसमका कारण पालिकास्तरमा राष्ट्रपति कप प्रतियोगिता हुन नसकेपनि विद्यालयस्तरमा रहेका विभिन्न विद्यामा उत्कृष्ट खेलाडीलाई स्थानीय तहसँग समन्वय गरेर छनौट खेलमा सहभागी गराइएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...