बेनीमा बजार अनुगमन

Add Samajik bikash office

बेनी । बेनीमा सोमबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा बेनी बजारको विभिन्न ठाउँमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन भएको हो ।

Bhautik ministry notice about road

मंगलाघाट, हुलाकचोक, गणेशटोल, कालीपुल, पिपलचोक र क्याम्पसचोकमा पसल अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो । अनुगमनका क्रममा व्यवसायीहरुलाई व्यवसाय नविकरण, मूल्यसूचि देखिनेगरी राख्न, सरसफाईमा ध्यान दिन र म्याद नाघेका सामान हटाउन निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन, प्रहरी, म्याग्दी उद्योग वाणिज्य संघ, पत्रकार महासंघका प्रतिनिधीको सहभागितामा बजार अनुगमन गरिएको थियो । बजार अनुगमन निरन्तर हुन थालेपछि व्यवसाय दर्ता हुने क्रम बढेको छ । व्यवसायीहरु सचेत हुन थालेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...