लोमान्थाङमा गल्फ खेल

Gandaki Ghumau

जोमसोम, १८ असार । चीनको सिमानामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा ‘हाइअल्टिच्युट’ उच्च स्थानको गल्फ खेलको परिक्षण भएको छ ।

लोमान्थाङ गाउँपालिकाले समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाईमा रहेको लोवथाङमा गल्फ खेलकुद प्रतियोगिता सञ्चालनका लागि सम्भाव्यता अध्ययन र परिक्षण गरेको हो ।

गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलका खेलाडी, प्राविधिक र जनप्रतिनिधीहरुको टोलीले परिक्षणका लागि गल्फ खेलेका हुन् । “लोवथाङमा पहिलो पटक ९ होलको गल्फ परीक्षण खेलसँगै सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको छ,” सांसद विष्टले भन्नुभयो “लोवथाङमा सम्भवत विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता सञ्चालन हुदैछ् ।”

Shreekrishna

उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धन तथा पर्वतीय खेलकुदको विकास गर्न लोमान्थाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा हाईअल्टिच्युड गल्फ प्रतियोगिता संञ्चालन गर्न रु. १० लाख बजेट विनियोजन गरेको छ ।

Gunasthariya Shiksya

“गत वर्ष लोवथाङमा गल्फ खेलका प्राविधिक टोली पुगेर सो स्थानको अवलोकन गरेका थिए,” गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो “टोलीले गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि पर्यटन आर्कर्षित गर्न प्रतियोगिता सञ्चालन गर्न लागेका हौ ।”

लोमान्थाङ बजार देखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ । त्यहासम्म पुग्न मोटर सडक समेत विस्तार भईसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा घाँसे मैदान गल्फ खेल्न उपयुक्त भएको खेलाडी र प्राविधिकहरुले बताएका छन् ।

त्यहाँ गण्डकी प्रदेश सरकार मार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट विनियोजन भएको रु. १० लाख बजेटबाट गल्फ कोर्स निर्माण भइरहेको सांसद विष्टले बताउनुभयो । गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाईन र ब्याक लाईनको टिबक्स लगायतका संरचना बनाउन लागिएको हो ।

गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारी साधनमा लोमान्थाङबाट तीस मिनेटमा पुग्न सकिन्छ । भारतको सिक्किममा विश्वकै अग्लो उचाईको गल्फ कोर्श रहेको र लोमान्थाङमा गल्र्फ कोर्श निर्माणपछि विश्वकै अग्लो उचाईको गल्फ कोर्श हुने सांसद बिष्टले दावी गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...