जन्मदिनको अवसरमा बिमा पोलिसी उपहार

Add Samajik bikash office

बेनी। पछिल्लो समय जन्मदिन मनाउन विभिन्न रचनात्मक शैली अपनाउन थालेको पाइन्छ । कसैले सामाजिक काम गरेर जन्मदिन मनाउछन । सम्बन्धीत व्यक्तिको भविष्यमा सहयोग पुगोस भन्ने उद्देश्यले जन्मदिनमा बिमा पोलिसी उपहार दिने चलन पनि बढेको छ ।

Bhautik ministry notice about road

यसै क्रममा पर्वतको जलजला गाउँपालिका ३ मल्लाजका निर्भाना खत्रीको दोस्रो जन्मदिनको अवसरमा बिहिबार उनका अभिभावकले बिमा पोलिसी उपहार दिएका छन् । बुवा नविन खत्रीले प्राइम लाईफ इन्सोरेन्स कम्पनीमा रु. आठ लाखको बिमा गरेर छोरीलाई पोलिसी उपहार दिनुभएको हो ।

फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा भविष्यमा छोरीलाई सहयोग पुगोस भनेर जन्मदिनको अवसर पारेर बिमा गरेको निर्भानाका बुवा नविनले बताउनुभयो । प्राइम फाइफ इन्सोरेन्स कम्पनी बेनीका प्रमुख रविन जिसीले बिमाको महत्व बुझेर पछिल्लो समय बिवाह, जन्मदिन, वैवाहिक वार्षिकोत्सवको अवसरमा बिमा पोलिसी उपहार दिने चलन बढेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...