म्याग्दीमा धान दिवस मनाइयो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा बुधबार विभिन्न कार्यक्रम गरेर १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ ।

स्थानीय तहका कृषि शाखाहरुको आयोजनामा सामुहिक धान रोपाई र दही चिउरा खाएर दिवस मनाइएको हो । यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने रहेको थियो ।

बेनी नगरपालिका–४ आँगेबगर र रघुगंगा गाउँपालिकाको मौवाफाँटमा धान दिवसको अवसरमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । आँगेबगरमा भएको कायृक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खेतीयोग्य जमिनलाई अधिकतम प्रयोगमा ल्याएर कृषि उत्पादन बढाउन नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो ।

Shreekrishna hardwear in news

नगर उपप्रमुख ज्योती लामीछाने पौडेलले खेतियोग्य जमिन बाँझिनु मुख्य चुनौति रहेको बताउदै जमिनको उपयोग, उन्नत खेती प्रविधिको प्रयोग र जैविक विबिधताको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कृषकको प्रोत्साहन र मनोवल बृद्धीका लागि धान दिवसले सन्देश दिने बताउनुभयो । नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र कृषकहरुले सामुहिक धान रोपाई गर्नुभएको थियो । राक्सेको नवजागरण महिला नौमति बाजा समूहले बाजा बजाएर वातारणलाई रमाईलो बनाएका थिए ।

यसैगरी रघुगंगा गाउँपालिकाको कृषि शाखाको आयोजनामा मौवाफाँटमा पनि सामुहिक धान रोपेर दिवस मनाइएको छ । बरबोट कृषक समूह, देउराली कृषि समूह, मौवाफाँट प्रगतिशिल कृषक समूहसँगको समन्वयमा दिवस मनाइएको कृषि शाखाका प्राबिधिक मनोज सुवेदीले जानकारी दिनुभयो ।

असार १५ सम्म म्याग्दी जिल्लामा २५ प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ३ हजार ८८५ हेक्टर क्षेत्रफलमा धान खेती हुने म्याग्दीमा गत वर्ष १३ हजार ३६० मेट्रिक्टन धान उत्पादन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...