म्याग्दीमा औषधीय गुणयुक्त विजयसाल भित्रियो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा पहिलोपटक मंगलबार औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पती रोपिएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले बेनी नगरपालिका–२ खबराको ठुलागैरा सामुदायिक वनमा ४० वटा विरुवा रोपेको हो । निमित्ति डिभिजन वन अधिकृत मनोज रानाभाटले परिक्षणका लागि म्याग्दीमा पहिलो पटक विजयसाल रोपिएको बताउनुभयो ।

“विजयसाल लोपोन्मुख र संरक्षित वनस्पती हो,” उहाँले भन्नुभयो “परिक्षण र प्रर्वद्धन दुवै उद्देश्यले म्याग्दीमा विजयसाल भित्र्याइएको हो ।” परिक्षणका लागि रोपिएका विरुवा सरेर हुर्किएमा म्याग्दीको तल्लो क्षेत्रमा विजयसालको व्यवसायिक रोपण गर्न सकिने सहायक वन अधिकृत रानाभाटले बताउनुभयो ।

Shreekrishna hardwear in news

राष्ट्रिय वृक्षारोपण दिवस–२०७९ को अवसरमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनपा–२ का वडा अध्यक्ष यामबहादुर कार्की, वन कार्यालयका प्रमुख लगायत कर्मचारी र वन उपभोक्ता समूहका पदाधीकारी र सदस्यहरुले विजयसाल लगायत विभिन्न प्रजातिका १०१ वटा विरुवा रोप्नुभएको थियो ।

Bhautik ministry notice about road

समुन्द्रि सतहदेखि एक हजार मिटरको उचाईसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त हावापानी, मौसम र वातावरण भएकाले परिक्षण गरिएको वन डिभिजन प्रमुख रानाभाटले बताउनुभयो । यसअघि म्याग्दीमा विजयसाल थिएन्् ।

उहाँका अनुसार विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेट सम्बन्धी रोग निको हुने तथ्य छ । विजयसालको काठको भाडामो एक रात राखेको पानी निलो रंगको हुन्छ । सजावट र प्रयोग दुवै उद्देश्यले सुदुरपश्चिमको कञ्चनपुरमा विजयसालको जंगल छ । विजयसाललाई वनस्पती सम्बन्धी अन्तराष्ट्रिय निकायले लोपोन्मुख र संरक्षित वनस्पतिको रुपमा सूचिकृत गरेका छन् ।

यसैगरी डिभिजन वन कार्यालय म्याग्दीले वृक्षारोपणका लागि फलफुल, जडिवुटी, घाँस र काठ प्रजातिका विरुवा वितरण गर्न थालेको छ । समूह, संस्था, व्यक्तिलाई निशूल्क विरुवा उपलब्ध गराइने सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो ।

बेनी, भुरुङ्ग–तातोपानी, बाबियाचौर, दरवाङ र ताकम स्थित वन कार्यालयको नर्सरीमा यसपाली ६७ हजार विरुवा उत्पादन गरिएको छ । जडिवुटीको ३५ हजार, घाँस २० हजार, बहुबर्षे बिरुवा १२ हजार उत्पादन भएको छ ।

बढी माग हुने राइखन्यु, टिम्मुर, पिपल, वर, तेजपात, पारिजात, कुरिलो, लेकचाँप, गोलमोहर, कल्किफुलका विरुवा उत्पादन भएको छ । निजी नर्सरीबाट खरिद गरेको सात हजार ९५० वटा कागती, दाँतेओखर, एभोकाडो, लिची, अम्बा र आँपको विरुवा वितरण गर्न लागिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...