बेनीमा ‘राष्ट्रपति रनिङ शिल्ड’को तयारी

Add Samajik bikash office

बेनी, । बेनीमा आगामी हप्ता जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २० र २१ गते प्रतियोगिता हुन लागेको हो ।

असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । बेनीमा मंगलबार भएको पत्रकार भेटघाटमा उहाँले विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान गरि प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने बताउनुभयो ।

सोमबारको समितिको बैठकको निर्णय अनुसार जिल्लाभरका माध्यमिक विद्यालयलाई सहभागि पठाउन पत्राचार, समन्वय र सहयोगका लागि स्थानीय तह, प्रशासन, सुरक्षा निकाय र खेलकुद संघहरुसँग छलफल थालिएको अध्यक्ष केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

छनौट खेल सञ्चालन गर्न रु. पाँच लाख बजेट खर्च हुने र खेलाडी तथा प्रशिक्षक गरेर १११ जनाले प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने समितिले जनाएको छ । छात्र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु बिधामा खेलाडी छनौट गरिने भएको छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न उपसमिति बनाएर तयारी थालिएको अध्यक्ष केसीले बताउनुभयो ।

समितिका पदाधीकारी र सदस्यहरुको नेतृत्वमा गठन भएको उपसमितिमा विषयगत खेल संघलाई पनि समावेश गरिएको छ । राष्ट्रपति कप प्रतियोगितामा विजेता विद्यालयलाइई ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्रदान गरिने छ ।

प्रतिकुल मौसमका कारण पालिकास्तरमा राष्ट्रपति कप प्रतियोगिता हुन नसकेपनि विद्यालयस्तरमा रहेका विभिन्न विद्यामा उत्कृष्ट खेलाडीलाई सहभागि गराउन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतबाट अध्यक्ष केसीले सहयोगको अपेक्षा गर्नुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...