धवलागिरीमा डाक्टर र ईञ्जिनियर पढ्नेलाई छात्रवृत्ति दिन बजेट बिनियोजन

Gandaki Ghumau

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र ईञ्जिनियर पढाउन बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९÷८० का लागि एक÷एक जनालाई डाक्टर र ईञ्जिनियर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन रु. १५ लाख बिनियोजन भएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उत्कृष्ट एक÷एक जना विद्यार्थी छनौट गरेर डाक्टर र ईञ्जिनियर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिनुभयो ।
“पालिकाले उत्कृष्ट विद्यार्थी छनौट गरेर डाक्टर र ईञ्जिनियर तहको अध्ययन गर्नका लागि वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँछ,” उहाँले भन्नुभयो “पालिकाको लगानीमा डाक्टर र ईन्जिनियर पढेका विद्यार्थीले पालिकामा सेवा गर्नुपर्छ ।”

भिौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरीमा प्राविधिक जनशक्तिको अभाव भएकाले पालिकालेनै लगानी गरेर पढाउन लागेको अध्यक्ष पुनले बताउनुभयो । यसैगरी धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा केही नयाँ कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

दिर्घरोगीहरुको औषधी उपचारका लागि दिर्घरोगीसँग अध्यक्ष कार्यक्रममा रु. दश लाख, पोषण सुधारका लागि उपाध्यक्ष सँग सुनौला हजार दिनका आमा कार्यक्रमलाई रु. पाँच लाख, दृष्टिविहिन विद्यार्थीलाई प्रविधि र शैक्षिक सामम्री वितरण गर्न रु. दुई लाख, दन्द्धपिडितको जिविकोपार्जन सुधारलाई रु. तीन लाख गरेको उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो ।

सडक निर्माण, पहिरो, बाढी र कटान नियन्त्रणमा प्रयोग हुने ग्यावीयन जाली गाउँमै उत्पादन गर्न युवाहरुलाई तालिम दिन रु. दश लाख बिनियोजन भएको छ । वडा नम्बर–६ मराङको सवै घरधुरीमा इन्टरनेट जडान गर्न रु. छ लाख पचास हजार बिनियोजन गरेको छ ।

कुल रु ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित गरेको धवलागिरी गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनामा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणलाई रु.५० लाख, गुर्जामा वृहत खानेपानीका लागि रु.५० लाख, मुदी स्वास्थ्य चौकी भवनलाई रु. ५० लाख, झोलुङ्गे पुल निर्माणतर्फ रु.८० लाख, सुरक्षित नागरिक आवास कार्यक्रमतर्फ रु. ३३ लाख, लुलाङ–गुर्जा मोटरबाटो निर्माणका लागि रु. ४५ लाख, खिबाङ मोटरबाटो निर्माणका लागि रु. ५० लाख, मल्कबाङ–मलम्पार मोटरबाटोलाई रु. २५ लाख बजेट विनियोजन भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...