बेनीका उद्यमीलाई वित्तीय साक्षरता तालिम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका उद्यमीहरुलाई सोमबार वित्तीय साक्षरता तालिम दिइएको छ ।

नगरपालिकाले सञ्चालन गरेको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत तालिम लिएर व्यवसाय सञ्चालन गर्न लागेका नयाँ उद्यमीहरुलाई तालिम दिइएको हो । तालिमको उद्घाटन गर्नुहुदै नगर उपप्रमुख ज्योती लामिछाने पौडेलले आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउन उद्यम विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।

Bhautik ministry notice about road

२५ जना सहभागी तालिमको उद्घाटन कार्यक्रममा बेनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले उद्यमीहरुलाई वित्तीय सुविधा लिन तालिमले सहयोग पुग्ने बताउनुभयो । सहभागीहरुलाई बैंक, वित्तीय संस्थाहरुले लघुउद्यमीहरुलाई उपलब्ध गराउने सुविधा, ऋण लिने प्रक्रीया र बचतका विषयमा जानकारी गराइएको उद्यम विकास सहजकर्ता सरीता शर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापा, राष्ट्रिय वाणिज्य वैंक बेनी शाखाका प्रबन्धक नवराज ढुङ्गाना र नेपाल बैंकका बेनी शाखाका विकास आचार्यले तालिमको सहजिकरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...