अन्नपूर्णको बजेट ४९ करोड ७३ लाख

Gandaki Pardesh notice

पोखरेबगर, । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० लागि अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले शुक्रबार भएको १५ औँ गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै उक्त बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक बजेटमध्ये चालु खर्च तर्फ ३३ करोड १५ लाख ३७ हजार ४०० रुपैया र पूँजीगत तर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय र कोषतर्फ २ करोड ५० लाख रुपैयाँ बजेट रहेको छ ।

प्रस्तुत बजेटमध्ये शिक्षातर्फ १ करोड ६५ लाख, स्वास्थ्तर्फ २७ लाख ५० हजार रुपैयाँ, बुहक्षत्रीय पोषण कार्यक्रम अन्तरगत १० लाख, भौतिक पुर्वाधार अन्तरगत सडकतर्फ १ करोड ४४ लाख, रणनीतिक महत्वको सडकको डिपिआर तयार गर्न ५० लाख, गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लािग जग्गा ब्यवस्थापनमा ५० लाख, पर्यटनतर्फ ५० लाख, खेलकुदजन्य भौतिक पुर्वाधारका लागि ८४ लाख ७६ हजार, प्रकोप जन्य विपद ब्यवस्थापन कोषमा ९० लाख, कृषितर्फ ३० लाख, पशुसेवातर्फ ४० लाख, आयुर्वेद तथा योगतर्फ ५ लाख, सूचना प्रविधि तर्फ १५ लाख रुपैया लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ। नीति तथा कार्यक्रममा ‘एक विद्यालय एक बालविकास केन्द्र’, गाउँपालिका अध्यक्षसंग शैक्षिक सुधार कार्यक्रम, सामुदायिक विद्यालयमा निशुल्क सेनेटरी प्याड र दिवा खाजा ब्यवस्थापन कार्यक्रम, ‘एक वडा एक मेला’, अध्यक्ष कप, स्थानीय श्रम डेस्क र विषय गत शाखाहरु शिक्षा, स्वास्थ्य, कृषि, पशु र खानेपानी तथा सरसफाईको शासकिय प्रवन्ध लगायतका योजनाहरु समावेश गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिका अध्यक्ष भरत कुमार पुनले शिक्षा, स्वास्थ्य, सडक, स्वरोजगार मूलक सिप विकास तालिम, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष बजेट सार्वजनिक गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष पुनद्वारा नीति तथा कार्यक्रम प्रस्तुत र प्रमुख प्रशासकिय अधिकृत सुरणप्रसाद शर्मा पौडेलको सहजकीरणमा १५ औ गाउँसभा भएको थियो । गाउँसभामा उपस्थित सदस्यहरुले युवा बर्गलाई आवश्यक सिपको विकास, पोखरबगरको फोहोर ब्यवस्थापन, र उधमीलाई बजार ब्यवस्थापन, कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउने तालिम, कृषि ऋण र प्रविधिहरुको ब्यवस्थापन गर्न जोड दिएका थिए ।

पालिका सदस्यहरुबाट उठेका प्रश्नहरुको जवाफ सामाजिक विकास संयोजक ओम फगामी, आर्थिक विकास संयोजक खमबहादुर गर्बुजाले दिनुभएको थियो । गाउँसभामा विनियोजन विद्येयक, आर्थिक विधेयक र न्यायिक समितिको प्रतिवेदन पेश गर्दै छलफल गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...