मंगलाको  रु ४२ करोड ३४ लाख बजेट पारित

Shreekrishna hardware

म्याग्दी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल रु ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ रु २७ करोड ७९ लाख ७० हजार र पुँजीगततर्फ रु १४ करोड ५५ लाख बजेट विनियोजन भएको छ । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ रु २० करोड ९९ लाख विनियोजन भएको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ रु १० करोड ६७ लाख, आर्थिक विकासतर्फ रु २ करोड ५३ लाख, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ रु १ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ रु ६ करोड २७ लाख ७० हजार बेजट विनियोजन भएको छ । पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरउन्नतिलाई प्राथमिकतामा राखिएको छ । सिम कोत्रावाङ, खुम्लिया, पैँयुपाटा, कुँहु, खधेरीखोला, पूर्णगाउँ, टोड्के नमूना सडक निर्माणका लागि रु १ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ ।

Ban devision notice

तोराखेत, सल्यान, हिडी सडकलाई रु ५० लाख, पखेर, पिङ्गे हाँसे डाँडा सडक निर्माणका लागि रु ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको जग्गा खरिद तथा व्यवस्थापनका लागि रु २ करोड विनियोजन भएको छ । सामाजिक विकासतर्फ विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि रु २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमका लागि शर्सत अनुदान समेत गरि रु १७ करोड ४९ लाख विनियोजन भएको छ ।

Shreekrishna

सिंचाई तथा खानेपानीका लागि रु ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि र कृषक संग सम्वन्धीत कार्यक्रमका लागि रु १ करोड ८६ लाख ५० हजार विनियोजन भएको छ । यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आर्थिक बर्ष २०७९/०८० का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले योजना बैँक तयार पारि कार्यान्वयन गर्ने नीति लिएको छ । विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी बनाउने, उपभोक्ता समितिबाट सम्पन्न हुने योजनाको कामलाई सरल बनाउन योजना सफ्टवेयरको व्यवस्था गर्ने लगायतका नीति अवलम्वन गरिने भएको छ । कृषि, पशुपालन, पर्यटन, सिँचाई, सडक, पुल, भवन, शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुदको विकासमा महत्वपूर्ण उपलव्धी हाँसिल हुनेगरि कार्यक्रम निर्माण गरिएको छ ।


अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले शुक्रबारनै पारित गरेको छ । त्यस्तै गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो । गाउँसभाले उपाध्यक्ष खत्री संयोजक रहेको न्यायिक समिति र लेखा समिति, वडा नम्वर १ का अध्यक्ष एकजित रोका संयोजक रहेको विधायन समिति र वडा नम्वर ५ का अध्यक्ष भुपेन्द्र खत्री संयोजक रहेको सुशासन समिति पनि निर्माण गरेको अधिकृत ढुंगानाले बताउनुभयो । गाउँसभा पालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रदेश सभा सदस्य नरदेवि पुनको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...