धवलागिरीका सात वटै वडामा छुवाछुत विरुद्धको कार्यक्रम

Gandaki Pardesh notice

बेनी, ९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको सात वटै वडामा जातीय विभेद र छुवाछुत विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

दलित समुदायको शसक्तीकरण, छुवाछुत लगायत जातीय विभेदको अन्त्य, समतामुलक समाज निर्माण र सम्वृद्ध गाउँपालिका निर्माणमा सहयोग पु¥याउने उद्देश्यले वडा स्तरमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

असार २ गते वडा नम्बर ५ मल्कवाङबाट शुरु भएको कार्यक्रम ३ गते वडा नम्बर ६ मराङ, ४ गते वडा नम्बर ४ मुदी, ५ गते वडा नम्बर ७ ताकम, ६ गते वडा नम्बर २ लुलाङ, ७ गते वडा नम्बर १ गुर्जा र ८ गते वडा नम्बर ३ मुनामा भएको कार्यक्रम संयोजक वडा सचिव तमबहादुर बिकले बताउनुभयो ।

Shreekrishna hardwear in news

वडाका जनप्रतिनिधी, राजनीतिकर्मी, अगुवा, युवा क्लव, आमा समूहका प्रतिनिधी, दलित र गैर दलित समुदायहरुलाई संयुक्त रुपमा संबिधान र जातीय भेदभाव तथा कसुर ऐन २०६८ मा भएको व्यवस्थाका विषयमा जानकारी गराइएको छ ।

Bhautik ministry notice about road

कार्यक्रमको सहजिकरण गर्नुहुदै उपेक्षित, उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिका पुर्व कार्यकारी निर्देशक डा. वुद्धी नेपालीले जातीय भेदभाव र छुवाछुत गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार देखि रु. दुई लाख सम्म जरिवाना हुने बताउनुभयो ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव ( कसूर र सजाय) ऐन,२०६८ को दफा ७ (क)बमोजिम सार्वजनिक वा नीजि स्थानमा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति रितिरिवाज, जात जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा भेदभाव, छुवाछूत र भेदभाव गर्ने गराउने कार्यमा प्रतिवन्ध लगाइएको छ ।
प्रशिक्षणमुलक कार्यक्रमका साथै वडा नम्बर ७ मा तीन वटा, ५ मा दुई टा, ६ मा दुई वटा, ४, ३, २ र १ नम्बर वडामा एक एक वटा जातीय भेदभाव र छुवाछुत विरुद्ध सन्देशमुलक होडिङ बोर्ड राखिएको वडा सचिव बिकले बताउनुभयो ।

यसैगरी सवै वडामा वडा सदस्यको अध्यक्षतामा जातीय विभेद उन्मुलनका लागि वडा नागरिक मञ्च समेत गठन भएको छ । मुनामा गाउँपालिकाका उपाध्यक्ष रेशम पुन र प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीको उपस्थितिमा सचेतनामुलक कार्यक्रमको समापन गरिएको थियो । समापनका क्रममा उपाध्यक्ष पुन र प्रशासकीय अधिकृत खत्रीले सबै किसिमका विभेदको अन्त्य र समतामुलक समाज निर्माणमा जोड दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...