भलिबल संघ जलजलामा रामबहादुर क्षेत्री

Gandaki Pardesh notice

बेनी,। पर्वतको जलजला गाउँपालिकामा बुधबार भलिबल संघ गठन भएको छ । मिलनचोकमा भएको भलिबल खेलाडीहरुको भेलाले रामबहादुर क्षेत्रीको अध्यक्षतामा संघको पालिका स्तरीय समिति गठन गरेको हो ।

Bhautik ministry notice about road

संघको उपाध्यक्षमा सुमित परियार, सचिव पुस्पेन्द्र बिक र कोषाध्यक्ष निर्मला पुन चयन हुनुभएको जिल्ला भलिबल संघका सदस्य अमर पुनले जानकारी दिनुभयो । सदस्यहरुमा याम बहादुर बिक, भिम फगामी, खुम बहादुर पुर्जा, आयुस जिसि, लक्ष्मण बाग्दास चयन हुनु भएको छ ।

जिल्ला सदस्य पुनले खेलाडिहरुलाई अनुशासित, मर्यादित र जागरुक बनाउनका लागि समय समयमा खेलकुद गतिविधि गर्नु पर्ने बताउनुभयो । खेलाडी पालिकाको मात्र नभै राष्ट्रको गहना भएकाले क्षमता विकास गरि उत्कृष्ट खेलडी उत्पादन गर्नमा यस संघले भूमिका रहेको पुनले बताउनु भयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...