बेनीमा योग दिवस मनाइयो

Gandaki Ghumau

बेनी, । बेनीमा मंगलबार आठौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा योग अभ्यास र योगको महत्वका विषयमा अन्तरक्रिया गरेर दिवस मनाइएको हो ।

आठ वर्षदेखि हरेक वर्षको जुन २१ का दिन अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्षको योग दिवसको मुल नारा मानव जिवनका लागि योग भन्ने रहेको थियो । कार्यक्रममा जिसस म्याग्दीका प्रमुख राजकुमार थापाले स्वस्थ्य रहन, तनाव व्यवस्थापन र मानसिक तथा शारिरिक स्फुर्तिक लागि नियमित योग अभ्यास गर्नुपर्ने बताउनुभयो ।

Gunasthariya Shiksya

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, बेनी नगरपालिका–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, नविन आनन्द योग केन्द्रका सुरेन्द्र शर्माले योग सम्बन्धी ज्ञान र सिप आम नागरिक सम्म विस्तार गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna

केन्द्रका कविराज दामोदर शर्माको स्वागत र लेखापाल सुभाषचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा दुर्गा शर्माले अभ्यास गराउनुभएको थियो । जिल्ला सदरमुकाम बेनी बजार र ग्रामिण क्षेत्रमा योगप्रति आकर्षण बढेपनि सामुहिक अभ्यास गर्ने स्थानको अभाव भएको योगीहरुले बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...