बाबियाचौरमा गरिमाको वित्तीय साक्षरता

Gandaki Pardesh notice

बाबियाचौर । गरिमा विकास बैंकको बाबियाचौर शाखाको आयोजनामा सोमबार मंगला माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

मंगला गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीहरु सहभागी कार्यक्रममा १६ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा गरिमा विकास बैंकको बाबियाचौर शाखा प्रबन्धक जितबहादुर गर्बुजाले खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवा सुविधा, डिजिटल सेवा लगायतका विभिन्न विषयमा सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

मंगला गाउँपालिकाको विभिन्न वस्तीमा पुगेर बैंकिङ सेवा दिएको बैंकले बचतको महत्वका विषयमा पनि जानकारी गराइएको थियो । शिक्षक, विद्यार्थी र शिक्षक मार्फत समुदायमा वित्तीय शिक्षा विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरिएको शाखा प्रबन्धक गर्बुजाले बताउनुभयो ।

Bhautik ministry notice about road


मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्य लगायतको उपस्थिति थियो ।

अध्यक्ष रोकाले समुदाय स्तरमा अझै पनि बचत गर्ने र बैकिङ कारोबार गर्ने बानीको विकास नभई सकेको अवस्थामा यस्ता किसिमको कार्यक्रमले वित्तीय कारोबार वृद्धि गर्न टेवा पु¥याउने भएकाले निरन्तरता दिन सुझाव दिनुभयो ।

महेन्द्ररत्न मावि बरंजाका प्रअ कृष्णलाल सापकोटा र शारदा माविका प्रअ खगेन्द्र सापकोटाले विद्यालय मार्फत समुदाय स्तरमा बचत र वित्तीय शिक्षा प्रवाह गराउन सकिने बताउनुभयो ।

मंगला माविका प्रअ गमबहादुर खत्रीको अध्यक्षता, गरिमा विकास बैंकको बाबियाचौर शाखाका लक्ष्मी खड्का जिसीको स्वागत र कर्मचारी खिमबहादुर बुुढाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । गरिमाको बाबियाचौरका साथै म्याग्दीको पोखरेबगर, बेनी, र दरवाङ लगायत १२० वटा शाखा र एक वटा एक्टेन्सन काउन्टर छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...