अर्जममा बंगुर पकेट कार्यक्रम सञ्चालन

Add Samajik bikash office

अर्जम, । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बंगुरको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागत रुपमा सँुगुर र बंगुर पालन गर्दै आएका अर्जमका कृषकलाई ब्यवसायिक बनाउन बेनी नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट कार्यक्रम सञ्चालन गरेको हो ।

नगरपालिकाको पशु सेवा शाखाका प्रमुख जनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूह मार्फत बंगुर पकेट कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन भएको कार्यक्रम मार्फत समूहमा आवद्ध कृषकहरुलाई बंगुरको खोर निर्माण र पाठापाठी खरिदमा अनुदान दिइएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा २० जना कृषकहरुले बंगुरको सुधारिएको खोर बनाएका समूहका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“२० जनालाई दुई÷दुई वटाका दरले ल्याडरेस जातको बंगुरका पाठापाठी उपलब्ध गराएका छौ,” उहाँले भन्नुभयो “पानी पर्दा ओत लाग्ने र खुल्ला ठाउँमा बस्ने, उमेर समुह अनुसार पोथी र बिरलाई छुट्टाछुट्टै राख्न मिल्ने आधुनिक खोर बनाएका छौ ।” बंगुरको बिमा गरिनुका साथै प्रजनन्का लागि उन्नत जातको बिर वितरण गरिएको थापाले बताउनुभयो ।

खोर निर्माणका लागि प्रति कृषक रु. ३५ हजारका दरले अनुदान दिइएको अध्यक्ष थापाले बताउनुभयो । एउटा खोरमा दश वटा भन्दा बढी बंगुर पाल्न सकिन्छ । करिब ३०० घरधुरी रहेको अर्जमका अधिकांशको घरमा धराने कालो जातको सँुगुर पालेका छन् ।

यसअघि परम्परागत शैलीका खोरमा बंगुर पालिएको थियो । घरायसी उपभोगका लागि बंगुर, सुँगुर पाल्दै आएका अर्जमका कृषकको आयआर्जन सुधारका लागि पकेट सञ्चालन गरिएको नगरपालिकाको पशु सेवा शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो ।

पाठापाठी र मासुका लागि बंगुर, सुँगुरको माग बढेको छ । बागलुङ, बेनी लगायत बजार क्षेत्रबाट सुँगुरको माग आउने गरेको छ । धेरै पाथापाठी जन्माउने, छिटो हुर्कने, घरमा फालिएको खानेकुराको सदुपयोग र नगद आम्दानी हुने भएकाले बंगुरपालनलाई व्यवसायिक बनाउन थालेका छन् । प्रतिकिलो रु. पाँच सयको हाराहारीमा बंगुर बिक्री हुन्छ । एउटै बंगुरलाई एक वर्ष पालेमा रु. पचास हजार भन्दा बढी मूल्य पार्न सकिने कृषकहरुले बताएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...