म्याग्दीका पाँच जना पत्रकार पुरस्कृत

Add Samajik bikash office

बेनी । म्याग्दीका पाँच जना पत्रकारहरु सोमबार बेनीमा विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

जिल्ला समन्वय समितिले कमल खत्री, हरिकृष्ण गौतम, घनश्याम खड्का, ध्रुबसागर शर्मा र ठाकुरप्रसाद आचार्य (शिव)लाई जनही नगद रु. दश हजारका दरले पुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुन, जिसस प्रमुख राजकुमार थापा, निवर्तमान जिसस प्रमुख देवेन्द्रबहादुर कटुवाल, जिल्ला समन्वय अधिकारी जानुका सुवेदी लगायतले नगद, प्रमाणपत्र वितरण र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

खड्कालाई आर्थिक वर्ष २०७३÷७४, शर्मालाई २०७४÷०७५, गौतमलाई २०७५÷०७६, आचार्यलाई २०७६÷०७७ र खत्रीलाई २०७७÷७८ को पुरस्कार एकैपटक प्रदान गरिएको हो । पुरस्कृत पाँचै जना पत्रकारहरु जिल्ला, प्रदेश र केन्द्रिय स्तरका विभिन्न सञ्चार माध्यममा एक दशक भन्दा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ । तत्कालीन जिल्ला विकास समितिले स्थापना गरेको कोषबाट वि.स. २०७२ मा सन्तोष गौतम सम्मानित हुनुभएको थियो ।

जिविसले स्थापना गरेको रु. दुई लाखको कोषमा जिल्ला समन्वय समितिले रु. एक लाख थपेर रु. तीन लाख बनाएको छ । पत्रकारहरुबाट आवेदन संकलन गरेर लेखेका समाचार मूल्याङ्कन गरी छनौट गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत शालिकराम शर्माले बताउनुभयो ।

Bhautik ministry notice about road

पत्रकारहरुलाई पुरस्कार वितरणसँगै जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधीकारीहरुको सपथग्रहण, पदवाहली र निवर्तमान पदाधीकारीहरुको विढाई गरिएको थियो । निवर्तमान जिसस प्रमुख केसीले जिससको अधुरो सभाहल, दुखुखोलाको मोटरेबल पुल निर्माणलाई पूर्णता दिनु र म्याग्दी हिमाली जिल्लामा सूचिकृत हुनु कार्यकालको प्रमुख उपलब्धी भएको बताउनुभयो ।

विकास आयोजना निर्माणलाई गति दिन सहिजकरण, अनुगमन, तथा समन्वय गरेको बताउदै कटुवालले कानुनी अस्पष्टताका कारण नदीजन्य बस्तुको उत्खनन् तथा निकासीको अनुगमनमा समस्या भएको, दुई वटा विशेष सहित सात वटा जिल्ला सभा र ४७ वटा बैठकका सबै निर्णय सर्वसम्मत गरिएको बताउनुभयो ।

सो कार्यक्रममा प्रदेश सांसद पुनले स्थानीय तह, प्रदेश, संघीय सरकार र तीनका निकायबीच समन्वय गरी जिल्लाको समस्या समाधान र विकास ब्यवस्थापनमा ध्यान दिन जिससका पदाधीकारीहरुलाई सुझाव दिनुभयो । नवनिर्वाचित जिसस प्रमुख थापाले संबिधान र कानुनले दिएको अधिकार तथा सिमामा रहेर जिल्लाको अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

जिल्ला न्यायाधिश तेजनारायण पौडेलले जिससको चुनावसँगै स्थानीय तह निर्वाचनको सबै काम सकिएको जानकारी गराउदै चुनाव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले विकास ब्यवस्थापन र जिल्लाका समस्या समाधानमा तीनै तहका सरकारसँग समन्वय गर्न जिससले भूमिका खेल्नुपर्ने बताउनुभयो ।


सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका अम्बिका ढुंगाना, पुरस्कृत पत्रकार घनश्याम खड्काले मन्तब्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित जिसस प्रमुख राजकुमार थापा, उपप्रमुख डिलकुमारी खत्री र सात जना सदस्यहरुले सोमबारनै पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको थियो । उहाँहरुले पदबाहली पनि गर्नुभएको छ । नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत र निवर्तमान जनप्रतिनिधीहरुलाई बिढाई गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...