माओवादीको चुनावी समिक्षा र जनप्रतिनिधीलाई सम्मान

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्र म्याग्दीले गत महिना सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा र निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।

बेनीमा शनिबार भएको जिल्ला स्तरीय समिक्षा कार्यक्रमबाट स्थानीय तहको निर्वाचनमा माओवादीबाट उमेद्वार भएर विजयी भएका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । स्थानीय तह र कार्यपालिका निर्वाचनमा माओवादीका म्याग्दी जिल्लाभर ३५ जना निर्वाचित भएका छन् ।

बेनी नगरपालिकाको उपप्रमुख, धवलागिरी गाउँपालिकाको उपाध्यक्ष, धवलागिरी १, ७, मालिका ३, मंगला ३, बेनपा ३ र ४ नम्बर वडामा जितेको माओवादीले स्थानीय तह चुनावको समिक्षा गरेको हो ।

Shreekrishna
Gunasthariya Shiksya

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेल, जिल्ला समन्वय समितिका संयोजक रेशम जुग्जाली, गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर बिक, प्रदेश सांसद बिनोद केसी लगायतले विजयी जनप्रतिनिधीहरुलाई सम्मान गर्नुभएको थियो ।

प्रदेश कमिटिका सहसचिव बिकले स्थानीय तह चुनावले म्याग्दीमा माओवादीको जनमत बढेको निष्कर्ष निकालिएको बताउनुभयो । निर्वाचित जनप्रतिनिधीहरुलाई नागरिकको आधारभूत आवश्यकता र समस्या समाधानमा ध्यान दिदै सरल र सहज रुपमा सेवा दिन निर्देशन दिइएको थियो ।

सत्ता साझेदार दलहरुबीच चुनावी सहकार्यको प्रयासमा अल्झदा पर्याप्त तयारी गर्न नपाएको र माओवादीको प्रभाव भएको ठाउँमा अन्य शक्तिको तालमेलको सम्भावना विष्लेषण गर्न नसक्नुलाई कमजोरीको रुपमा औल्याइएको प्रदेश सहसचिव विकले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...