जलजलाको निर्णय पुस्तिका जनप्रतिनिधीको कब्जामा

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधीले कार्यपालिका बैठकको निर्णय पुस्तिका कब्जामा लिएका छन् ।

बैठक सञ्चालन भइरहेको समयमा निर्णय प्रति असन्तुष्ट नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले निर्णय पुस्तिका कब्जामा लिएर भागेका गाउँपालिकाले आइतबार विज्ञप्ति मार्फत जनाएको छ ।

कार्यपालिकाका प्रवत्ता हरिविकास जिसीले जारी गर्नुभएको विज्ञप्तिमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले शनिबार साँझ निर्णय पुस्तिका नियन्त्रणमा लिएर भागेको उल्लेख छ ।

Shreekrishna hardwear in news

कार्यपालिका सदस्य भिमसेन बराइलीको हातबाट निर्णय पुस्तिका कब्जा लिएकी बरुवालले वडा नम्बर ४ का अध्यक्ष भरत क्षेत्रीले चलाएको ध १ प ७४०३ नम्बरको मोटरसाइकलमा चढेर बेनीतर्फ लागेको विज्ञप्तिमा जनाइएको छ ।

कार्यपालिका अन्तरगत ६ वटा विषयगत समिति गठनका विषयमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले गरेको प्रस्ताव प्रति एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले असहमति जनाएका थिए ।

विषयगत समितिको नेतृत्व चयनका विषयमा एमाले र काँग्रेस–माओवादीको गठबन्धनबीच सहमति हुन नसक्दा कामकाज र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्मिण प्रक्रीया प्रभावित बनेको छ ।

जलजला–४ का अध्यक्ष क्षेत्रीले गाउँपालिका अध्यक्षले बहुमत कार्यपालिका सदस्यहरुलाई बेवास्ता गर्दै होटलमा बैठक बोलाएर विषयगत समितिको प्रस्ताव ल्याएपछि असहमति जनाएर आफूहरुले बैठक बहिस्कार गरेको बताउनुभयो ।

Bhautik ministry notice about road

“बहुमत कार्यपालिका सदस्यलाई पेलेर विषयगत समितिको संयोजक प्रस्ताव गरेपछि बैठक बहिस्कार गरेका हौ,” क्षेत्रीले भन्नुभयो “निर्णय पुस्तिका कसले लगेको हामीलाई जानकारी भएन् ।”

गाउँपालिका अध्यक्ष आचार्यले भने पटक पटक प्रयास गर्दा पनि सहमति नजुटेपछि बाध्य भएर स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर विषयगत समितिको संयोजक प्रस्ताव गरेको बताउनुभयो । बैठकमा आचार संहिता विपरितको गतिबिधी र निर्णय पुस्तिका कब्जामा लिने विरुद्ध कानुनी उपचार खोज्ने अध्यक्ष आचार्यले बताउनुभयो ।

उहाँले कार्यपालिकाको भौतिक पूर्वाधार समितिमा टुङ्गनाथ शर्मा, सामाजिक विकास समितिमा गौबहादुर पुन, आर्थिक विकास र प्रवत्तामा हरिविकास जिसी र विपद् व्यवस्थापनमा बलबहादुर पुनलाई संयोजक प्रस्ताव गर्नुभएको थियो ।

जलजला गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले बिषयगत समिति तोक्नसक्ने उल्लेख छ ।

विभिन्न चरणमा भएको वार्तामा गठबन्धन र एमालेले तीन तीन वटा विषय समितिको नेतृत्व गर्ने छलफल भएपनि कसले कुन समितिको संयोजक लिने भन्नेमा विवाद देखिएको बताइएको छ ।

“काम गर्न नदिने, अल्झाएर राख्ने नियत र व्यवहार देखाएपछि कानुनले दिएको अधिकार प्रयोग गर्नुपर्ने बाध्यता आएको हो,” अध्यक्ष आचार्यले भन्नुभयो “सहमतिको प्रतिक्षा गर्दा गर्दै गाउँसभाको तयारी गर्न पाएका छैनौ ।”

आइतबार दिनभर कब्जा भएको निर्णय पुस्तिका फिर्ता गर्न आग्रह गरिएपनि नल्याएका अध्यक्ष आचार्यले बताउनुभयो । यसैबीच जलजलाको बाहै गाउँसभा असार १० गते लामाखेतमा हुने सूचना आइतबार जारी भएको छ । जलजलाको कार्यपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...