बेनपाद्धारा नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाको सुझाव संकलन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा आइतबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।

पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, कार्यालय प्रमुख, निजी क्षेत्र, गैरसरकारी संस्था र अगुवाहरुसँग नीति, योजना तथा कार्यक्रमका विषयमा सरोकारवालाहरुको सुझाव संकलन गरेको हो । नगरपालिकाको अवस्था, अघिल्लो कार्यकालमा भएका उपलब्धी र आगामी योजनाका विषयमा छलफल गरिएको थियो ।

बेनी नगरपालिकाका निवर्तमान प्रमुख तथा नेपाली काँग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठले पहिलो कार्यकालमा भएका कामलाई आधार मानेर योजना बनाउन सुझाव दिनुभयो । उहाँले नियमित अनुदानका अतिरिक्त ठूला र गौरवका आयोजनाहरुको डिपिआर बनाएर संघीय र प्रदेश सरकार मार्फत अतिरिक्त बजेट भित्र्याउन सुझाव दिनुभयो ।

Shreekrishna hardwear in news

निवर्तमान उपप्रमुख सञ्जु बरुवालले आन्तरिक आम्दानीको स्रोत वृद्धीका लागि करको दर र दायरा बनाउन तथा बक्यौता उठाउन ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विकास योजना अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक रहेको अनुभव सुनाउनुभयो ।

नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले कर्मचारी र जनप्रतिनिधीबीच विश्वास कायम गर्दै जिल्लामा सञ्चालित विकास आयोजनाका लागि आवश्यक पर्ने जनशक्ति तयार पार्न सिपमुलक तालिम सञ्चालन र समयमै बजेट कार्यान्वयन गराउन सुझाव दिनुभयो ।

नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष तथा कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले तातोपानी, गलेश्वर, रावण पार्क आदी माध्यमबाट बेनीमा पर्यटक भित्र्याउने र बसाई लम्बाउन जोड दिनुपर्ने बताउनुभयो । राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले टुक्रे भन्दा पनि गौरवका र दिर्घकालिन महत्वका योजना कार्यान्वयवन गर्न सुझाव दिनुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्य, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेल लगायतले सुझाव दिनुभएको थियो ।

Bhautik ministry notice about road

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन, कृषि उपजको बजारीकरणमा सघाउन, पूर्वाधार योजनालाई दिर्घकालिन बनाउन, सामाजिक क्षेत्रका कार्यक्रमलाई पनि प्राथमिकता दिन र रोजगारी सिर्जनामा जोड दिन सुझाव दिएका थिए ।

नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछाने पौडेलले सरोकारवालाहरुको सुझावका आधारमा विषयगत समितिमा छलफल गरेर आगामी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउन लागिएको बताउनुभयो । सुझावलाई मार्गदर्शकको रुपमा लिने उहाँहरुले बताउनुभयो । कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत युवराज थापाले गर्नुभएको थियो ।

बेनी नगरपाकिालले असार १० गते हुने नगरसभामा रु ७१ करोड १३ लाख बराबरको बजेट ल्याउने गृहकार्य गरिरहेको छ । संघ र प्रदेश सरकारले पठाएको अनुदानमा नगरपालिकाको अनुमानित आम्दानीलाई समेत जोडेर बजेट निर्माणको तयारीमा जुटेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाले बजेटको सिमा निर्धारण गरि वडा र बिषयगत समितिहरु मर्फत योजना छनौट सुरु गरेको छ । वडा नम्बर ७ र ८ लाई रु ५०÷५० लाख, वडा नम्बर १, ४, ६ र १० लाई रु ५५÷५५ लाख र वडा नम्बर २, ३ र ९ लाई रु ६०÷६० लाख बजेटको सिमा तोकिएको छ ।

त्यसैगरि आर्थिक विकास समितिलाई रु २ करोड, सामाजिक विकास समितिलाई रु २ करोड ८० लाख, पूर्वाधार निर्माण समितिलाई रु ४ करोड २० लाख, सुशासन तथा संस्थागत विकास समितिलाई रु ६५ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापन समितिलाई रु ८५ लाख बजेटका सिमा तोकिएको छ ।

वडालाई तोकिएको सिमाबाट वडा स्तरीय र बिषयगत समितिलाई निर्धारण गरिएको बजेटको सिमामा रहेर नगर स्तरीय योजना छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । नगरभित्र भुगोल र जनसंख्याको आधारमा बजेटको सिमा निर्धारण भएको र टुक्रे योजनालाई हटाउने नीतिलाई प्राथमिकता दिईएको नगरपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...