जिसस म्याग्दीको प्रमुखमा एमालेका राजकुमार थापा निर्वाचित

Shreekrishna hardware

बेनी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको प्रमुखमा नेकपा एमालेका राजकुमार थापा निर्वाचित हुनुभएको छ ।

बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानबाट थापाले सात मत प्राप्त गर्दै जिसस प्रमुखमा निर्वाचित हुनुभएको हो । उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

अन्य सात जना सदस्यहरु असार १ गते मनोनयन दर्ताको क्रममा एकल उमेद्वारी परेपछि निर्विरोध हुनुभएको थियो । सत्ता गठबन्धनको तर्फबाट जिसस प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका मनकुमार विक र सोहन श्रेष्ठले पाँच÷पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Shreekrishna
Ban devision notice

कृष्णदत्त पौडेल पाध्या (बेनी), श्रीप्रसाद गर्बुजा (धवलागिरी) देब गर्बुजा पुन (अन्नपूर्ण), महिला सदस्यहरु कविता वि.क (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा सदस्यमा निर्विरोध हुनुभएको छ । निर्वाचित पदाधीकारीहरुलाई सोमबार विजयी भएको प्रमाणपत्र वितरण, सपथ र पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

जिसस प्रमुखमा निर्वाचित थापा नेकपा एमालेको जिल्ला कमिटिका उपसचिव हुनुहुन्छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा थापा बेनी नगरपालिका–१ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उपप्रमुख खत्री मंगला गाउँपालिका–१ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

जिससका निर्वाचनमा स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष मतदाता हुन्छन् । म्याग्दीको जिसस चुनावका लागि १२ जना मतदाता रहेकोमा एमालेका ७, काँग्रेसका ३ र माओवादी केन्द्रका २ जना मतदाता छन् ।

जिसस प्रमुखमा निर्वाचित थापाले संविधानले दिएको अधिकार र सिमाभित्र रहेर जिल्लाबासीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । निर्वाचित पदाधीकारीहरुलाई एमालेका केन्द्रिय सदस्य नरदेवी पुन, प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि अध्यक्ष देवेन्द्र कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगर कमिटि अध्यक्ष नारायण जिसी लगायत नेताहरुले बधाई दिनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...