धाइरिङ गुन्टेखेतका युवाहरु सामाजिक काममा

Sinchai Khanipani notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको गुन्टेखेतका युवाहरु सामाजिक काममा अग्रसर भएका छन् ।

गुण्टेखेत युवा समूहमा आवद्ध भएर समाजमा विकृति न्युनीकरण, पर्यटन प्रर्वद्धन, सरसफाई, खेलकुदको विकास, युवाहरुको नेतृत्व र क्षमता विकासमा लागेका हुन् । समूहले पहिलो चरणमा शनिबार धाइरिङ भूमेथानको पर्यटन विकासका लागि सूचनामुलक बोर्ड राख्ने काम गरेका छन् ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

मिलनचोक देखि धाइरिङ भूमेथान मन्दिर र गण्डकी गोपाल गौशाला जाने बाटोमा भक्तजनहरुको सहजताका लागि किलोमिटर देखिने ५ वटा वोर्ड राखेका छन् । भूमेथान र गण्डकी गोपाल गौशालामा स्वागत र जानकारीमुलक एक वटा बोर्ड राखेका छन् ।

भूमेथान मन्दिर परिसरमा तस्विर खिच्नहरुका लागि अर्को एक वटा वोर्ड राखिएको समूहका सदस्य जनक आचार्यले जानकारी दिनुभयो । फोहोर व्यवस्थापनका लागि ६ थान डस्टिविन राखेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...