देविस्थान मन्दिर पुननिर्माण

Gandaki Ghumau

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको चौर (बनाखी)मा स्थानीयले मन्दिर पुननिर्माण गरेका छन् ।

चौरका युवाको सक्रियतामा जिर्ण रहेको मन्दिरलाई पुननिर्माण गरी चिटिक्कको बनाईएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षमा मन्दिर पुननिर्माणका लागि एक लाख ५० हजार बजेट बिनियोजन भएको थियो ।

Gunasthariya Shiksya

बिनियोजित बजेटले मात्र पुननिर्माण सम्भव नभएपछि स्थानीय युवाको सक्रियतामा देश विदेशमा रहेका राखुबासीबाट सहयोग संकलन गरि मन्दिर पुन निर्माण गरिएको उपभोक्ता समितिका सचिव ईश्वर केसी (दिनेश)ले जानकारी दिनुभयो । वडाले बिनियोज गरेको बजेटमा मन्दिर पुननिर्माण सम्भव नभएपछि हामीले सहयोग संकलन गरेर मन्दिरको पुन निर्माण गरेको सचिव केसीले भन्नुभयो ।

Shreekrishna

‘अहिले सम्म हामीले विभिन्न व्यक्तहरुले बोलेको रकम १ लाख बढी भएको छ तर आई सकेको छैन्, वडाले बिनियोज गरेको बजेट पनि अहिले सम्म आएको छैन्’ उहाँले भन्नुभयो ‘मन्दिर निर्माण गरेका श्रमिकहरुलाई ज्याला पनि दिन सकेका छैनौँ ।’ हरेक चैते दशैमा विशेष पुजा हुने मन्दिरमा विभिन्न समयमा पुजाआज गर्ने गर्दछन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...