मुस्ताङका पत्रकारहरुका लागि क्षमता अभिवृद्धी तालिम

Gandaki Pardesh notice

जोमसोम, । जोमसोममा बिहिबारदेखि मुस्ताङका पत्रकारहरुको लागि क्षमता अभिवृद्धी तालिम शुरु भएको छ ।

गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र मुस्ताङ जिल्ला शाखाको समन्वयमा तालिम शुरु भएको हो ।

तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्नुहुदै घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले समाजलाई सहि बाटोमा हिँडाउन पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पर्यटन, विकास, आर्थिक, सामाजिक रुपान्तरण र शुसासन प्रर्वद्धनका लागि पत्रकारिताको विकासमा गाउँपालिकाले सघाउने प्रतिवद्धता जनाउनुभयो । नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष गोविन्द आचार्य र केन्द्रिय सदस्य त्रिभुवन पौडेलले पत्रकारहरुको क्षमता विकासका लागि तालिम प्रभावकारी बन्ने बताउनुभयो ।

मर्यादित र विश्वसनीय पत्रकारिताको विकासका लागि पत्रकारको क्षमता विकासका साथै प्रोत्साहनमुलक कार्यक्रममा जोड दिएको बताउनुभयो । महासंघका पूर्व अध्यक्ष आचार्य, केन्द्रिय सदस्य पौडेल र म्याग्दी शाखाका सचिव सन्तोष गौतमले सहजिकरण गर्नुहुने तालिममा २५ जनाको सहभागिता छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष सोनी शर्माको अध्यक्षता, मुस्ताङ शाखा अध्यक्ष सुन्दरकुमार थकालीको स्वागत र सचिव शुशिल थकालीको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश समितिका महासचिव गोविन्द सुवेदी, कोषाध्यक्ष राजेन्द्र आचार्य लगायतको उपस्थिति थियो । प्रेस चौतारी मुस्ताङ शाखाका अध्यक्ष सुनदेवी रसाइलीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...