स्थानीय तहको सञ्चार सम्बन्धी कानुन निर्माणका विषयमा छलफल

Gandaki Pardesh notice

बेनी, । बेनीमा बिहिबार स्थानीय तहको सञ्चार सम्बन्धी कानुन निर्माणका विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले जिल्ला शाखा म्याग्दीसँगको समन्वयमा आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधी, पत्रकार तथा सञ्चारकर्मी र महासंघका प्रतिनिधीहरुबीच अन्तरक्रिया गरिएको थियो ।

संबिधानमा भएको व्यवस्था, सञ्चार सम्बन्धी कानुन निर्माणको आवश्यकता र त्यसमा समावेश गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष गोविन्द आचार्यले जानकारी गराउनुभएको थियो ।

Shreekrishna hardwear in news

संबिधानमा भएको अधिकारलाई प्रयोग गरेर संघीय कानुन र संविधानको भावना विपरित नहुने गरि स्थानीय तहले सञ्चार सम्बन्धी नीति बनाएमा सूचना, सञ्चार, पत्रकारिताको विकास, शुसासन प्रर्वद्धनमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने पौडेलले सरोकारवालाको सुझावलाई समेटेर सञ्चार सम्बन्धी कानुन बनाउने प्रतिवद्धता जनाउनुभयो ।

बेनी नगरपालिका ६ का अध्यक्ष कृष्णसिंह बानिया र ९ का अध्यक्ष चक्रबहादुर केसीले पत्रकारितालाई प्रर्वद्धनका साथै सञ्चार माध्यमको भूमिकालाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत व्यवस्था महशुस गरिएको बताउनुभयो ।

स्थानीय तहका सूचना र सञ्चार सम्बन्धी गतिविधीलाई व्यवस्थित, मितव्ययी, पादर्शी र प्रभावकारी बनाउन सञ्चार नीति बनाउन आवश्यक रहेको कार्यक्रममा सहभागी पत्रकारहरुले सुझाव दिएका थिए ।

स्थानीय तहलाई एक सय वाट क्षमताको एफएम रेडियोको लाइसेन्स जारी गर्ने, पत्रपत्रिका सुचिकरण, पत्रकारको अभिलेखिकरण र पुरस्कारलाई कार्यबिधी बनाएर वितरण गर्न सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र सचिव सन्तोष गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...