म्याग्दीमा धान रोपाई शुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मल र मजदुर नपाउँदा म्याग्दीका कृषकलाई धानबाली लगाउन समस्या भएको छ ।

प्रमुख खाद्यबाली धान बाली लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषक चिन्तित भएका हुन् । उच्च पहाडी र सिचाईको सुविधा पुगेको क्षेत्रमा जेठको अन्तिम सातादेखि धान रोपाई शुरु भएको छ ।

मल अभावमा यसपाली मकै र धानको उत्पादन प्रभावित हुने कृषकको भनाई । मकैमा रासायनिक मल हाल्न नपाएका कृषक धान रोप्ने समय भएपनि मल नपाउँदा उत्पादन घट्ने चिन्तामा छन् ।

Shreekrishna hardwear in news

गाउँमा युवा जनशक्ति नहुँदा धान लगायत खेतीबाली लगाउन मजदुर अभावको समस्या देखिएको छ । हुद्दा, अर्म, पर्म जस्ता खेतीबाली लगाउने गरिने सामाजिक परम्परा हराउदै गएको छ ।

Bhautik ministry notice about road

“मजदुर पाइन छाडेपछि समथर फाँटमा गोरुको विकल्पमा ट्याक्टर र मिनिटेलर हलोले खेतबारी खनजोत गर्न थालेका छौ,” उहाँले भन्नुभयो “खेतीबाली लगाउन र भित्र्याउन मजदुर नपाएर दुःख हुन थाल्यो ।” मजदुरलाई ज्याला दिएर लगाएको खेतीबाली मल अभाव र असिना, रोगकिराले उत्पादन बढाउन चुनौति भएको कृषक मगरको भनाई छ ।

म्याग्दीको रणवाङ, छिसवाङ, पिपलबोट, घतान, पिप्ले, भगवति, घार, बरंजा, देविस्थान, ताकम लगायतका ठाउँका कृषक धानबाली लगाउन मलको प्रतिक्षामा छन् । धानसँगै बारीमा कोदो रोप्न थालेका छन् ।

रासायनिक मलको आधिकारिक बिक्रेता मोतिलाल पौडेलले देशभर अभाव भएकाले म्याग्दीमा पनि सोही समस्या रहेको र केही दिनमा मल आपुर्ति हुने सूचना आएको बताउनुभयो । उहाँका अनुसार एक एक हजार बोरा युरिया र डिएपी मलको माग छ ।

तीन हजार ८८५ हेक्टरमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष १३ हजार ३६० मेट्रिक्टन धान उत्पादन भएको थियो । नियमित बर्षा भएकाले सिचाई सुविधा पुगेको र पहाडी क्षेत्रमा कृषक धान रोपाइमा जुटेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताउनुभयो । वर्षा नियमित भएकाले कृषकलाई धान रोप्न सजिलो भएको उहाँको भनाई छ ।

म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...