जिसस म्याग्दीको प्रमुखमा थापा र विकको उमेद्वारी

Gandaki Pardesh notice

सदस्यमा एमालेका उमेद्वार निर्विरोध

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख, उपप्रमुख र सदस्यका लागि बुधबार मनोनयन दर्ता भएको छ ।

बेनी स्थित जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उपप्रमुखमा एमाले र काँग्रेस माओवादी गठबन्धनको तथा सदस्यहरुमा नेकपा एमालेका उमेद्वारहरुको एकल उमेद्वारी दर्ता भएको हो ।

Shreekrishna hardwear in news

प्रमुखमा नेकपा एमालेका राजकुमार थापा, नेपाली काँग्रेसका मनकुमारी विक, उपप्रमुखमा एमालेकी डिलकुमारी खत्री र काँग्रेसका सोहन श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एमालेका जिल्ला उपसचिव थापा बेनपा–१ रत्नेचौरबाट र काँग्रेसकी महाधिवेशन प्रतिनिधी वि.क. बेनी नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Bhautik ministry notice about road

उपप्रमुखमा एमालेकी उमेद्वार खत्री मंगला गाउँपालिका १ कुहुँ र काँग्रेसका श्रेष्ठ बेनपा ७ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको छ । ७ जना सदस्य पदमा नेकपा एमालेका उमेद्वारहरुको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी), श्रीप्रसाद गर्बुजा (धबलागिरि) देब गर्बुजा पुन (अन्नपूर्ण), महिला सदस्यहरु कविता वि.क (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा निर्विरोध हुनुभएको छ । असार ५ गते मतदान हुने कार्यतालिका छ ।

जिससका निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन् । म्याग्दीको जिसस चुनावका लागि १२ जना मतदाता रहेकोमा एमालेका ७, काँग्रेसका ३ र माओवादी केन्द्रका २ जना मतदाता छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...