खारा–खाम्ला सडकको मार्ग खुल्यो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ खारा देखि धवलागिरी गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ ।

धवलागिरी गाउँपालिका, म्याग्दी खोलामा निर्माण हुन लागेका जलविद्युत आयोजना, प्रदेश र संघीय सरकारले पछिल्लो पाँच वर्षयता १० किलोमिटर दुरीको यो सडकको विभिन्न ठाउँमा मार्ग खोलेका छन् ।

म्याग्दी नदीमा ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ मेगावाट क्षमताको अपर म्याग्दी एक र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर जलविद्युत आयोजना निर्माणको चरणमा छन् । जलविद्युत आयोजना निर्माण स्थलमा ढुवानी र आवत जावतका लागि निर्माण भएको सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

धवलागिरी गाउँपालिका–खिवाङका किसान पुनले खारा–खाम्ला सडक निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने खाम्ला, खिवाङ, चेचुङ, नाउरा, बगरका वासिन्दाका साथै धौलागिरी हिमाल आरोहण गर्न आउने पर्वतारोहीहरुलाई पनि सुविधा पुगेको बताउनुभयो ।

यसअघि खिवाङ देखि खारा हुदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न तीन देखि चार घण्टा लाग्ने गरेकोमा यात्रा अवधी एक घण्टामा छोटिएको छ । शिवरात्री, बाँसबोट, खारा लगायतका स्थानमा अक्करे भिरको चट्टान फुटाएर सडक बनाइएको छ । आवत जावत, ढुवानी, जडिवुटी र स्थानीय कृषि तथा पशुजन्य उत्पादन निकासीमा सहज भएको स्थानीयबासीले बताएका छन् ।

धवलागिरी गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले वर्षौ अघि निर्माणको अनुमति लिएर बसेका जलविद्युत आयोजनालाई गति दिन पहल र सहजिकरण गरिएको बताउनुभयो । खाम्लामा पुगेको सडकलाई खिबाङ पु¥याउन पालिका र प्रदेश सरकारको रु. एक करोड ३३ लाख बजेटमा मार्ग खोल्ने काम भैरहेको पनि उहाँले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र मुना देखि मुदी पुगेको सडकलाई विस्तार खिवाङ र मुदीको सिमानामा लगिएको छ । अपर म्याग्दी १ को बाँध निर्माण स्थल नजिक पुगेको सडकलाई अपर म्याग्दी र म्याग्दीखोला जलविद्युत आयोजनाले विस्तार गरेर नाउरा–बगर हुदै धौलागिरी आधार शिविर नजिकको दोभानमा पु¥याउन लागेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...