कालीपुलमा विद्यार्थीको आँखा परिक्षण

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीको मंगलबार आँखा परिक्षण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको चौथो स्थापना दिवसको अवसरमा निशूल्क आँखा परिक्षण गरिएको हो । १६६ जना बालबालिका र शिक्षकको आँखा परिक्षण गरिएको नेत्रज्योति संघ म्याग्दीका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

Bhautik ministry notice about road

आठ जना बालबालिकाको आँखामा समस्या देखिएकाले थप उपचारका लागि केन्द्रको क्याम्पस चोक स्थित आँखा उपचार केन्द्रमा रिफर गरिएको छ । केन्द्रका नेत्र अधिकृत दिनेश बानिया नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा दिनुभएको थियो ।

Shreekrishna hardwear in news

नेत्रज्योति संघ म्याग्दीका अध्यक्ष अमर बानियाको अध्यक्षता, सचिव राजेन्द्र श्रेष्ठको सञ्चालन र कोषाध्यक्ष वसुधा श्रेष्ठले समापन गर्नुभएको कार्यक्रमको उद्घाटन बेनपा ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर चर्माकार, वडा सदस्य हिरा पुन, चितकुमारी खड्का लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...