प्रस्तावना र प्रतिवेदन लेखन तालिम शुरु

Add Samajik bikash office

बेनी। बेनीमा मंगलबारदेखि प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी तालिम शुरु भएको छ ।

बेनी नगरपालिकाले महिला जनप्रतिनिधी, कर्मचारी र सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुका लागि तालिम आयोजना गरेको हो । सामाजिक विकास कार्यालय सँगको समन्वयमा आयोजना गरिएको तालिमको नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा ३० जनाको सहभागिता छ । महिला जनप्रतिनिधी, कर्मचारी र सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुको क्षमता विकासका लागि तालिम उपयोगी हुने नगर प्रमुख केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता गर्नुभएकी बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने पौडेलले कार्यक्रम आयोजना र सञ्चालनका क्रममा प्रक्रीयागत ज्ञान, सिपको अभावमा नगरवासीहरुलाई परेको समस्या समाधानका लागि नगरसभाबाट स्विकृत वार्षिक कार्यक्रम अनुसार तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिमबाट उत्पादन भएका जनशक्ति मार्फत समुदायसम्म सेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । महिला तथा बालबालिका शाखाका प्रमुख डमसरा पुनको सञ्चालन र कर्मचारी तुलसी पाईजा थापाको स्वागतमा तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक चक्र केसी, नगर प्रवत्ता रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । पहिलो दिनको तालिम सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सहजिकरण गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...