रघुगंगामा सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा सुधारको प्रयास

Gandaki Ghumau

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ ।

सफ्टवयरबाट राजस्वको विल काट्ने, अभिलेखलाई सर्वर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने जस्ता प्रयास प्रभावकारी बनेको छ ।

सूचना प्रविधीको प्रयोगबाट सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरलीकृत र पारदर्शी बनाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत अृमत सुवेदीले बताउनुभयो । “गाउँपालिकाको सवै वडा, स्वास्थ्य चौकी र मावि विद्यालयमा इन्टरनेट विस्तार गरेका छौ,” उहाँले भन्नुभयो “कार्यालयमा सेवाग्राहीको सहजता, छिटो र झञ्जट हटाउन निवेदनको नमुना बनाएका छौ ।”

Shreekrishna

गाउँपालिका र वडा कार्यालयले सेवा शूल्कको रसिद सफ्टवेयरबाट काट्ने गरिएको छ । वडा कार्यालयले हरेक दश÷दश दिन र गाउँपालिकामा संकलित राजस्व भोलीपल्ट बैंकमा दाखिला गरेर रसिद सफ्टवेयरमा अपलोड गर्छन् । कुन वडा कार्यालयमा दैनिक कति राजस्व संकलन भयो भन्ने विवरण गाउँपालिकाबाटै हेर्न सकिन्छ ।

वडा कार्यालयले तोकिएको समयमा राजस्व जम्मा नगरे सम्म रसिद काट्न सफ्टवेयरलेनै दिदैन् । गत आर्थिक वर्षभर रु. छ लाख ७१ हजार ५०० संकलन भएको सिफारिस दस्तुरबाट चालु आर्थिक वर्षमा रु. १६ लाख आम्दानी हुने अनुमान गरिएकोमा जेठ २० गतेसम्म रु. ३१ लाख ८६ हजार ८५४ संकलन भएको लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो ।

नेपालभित्र छात्रवृत्ति, विपद् प्रभावित र अपाङ्गलाई सिफारिस शूल्क मिनाह गरिएको छ । वार्षिक रु. एक करोड ३ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको थियो । सर्वोच्च अदालतको आदेशका कारण कालीगण्डकी नदीको बगर ठेक्का लगाउन नपाउँदा आन्तरिक आम्दानी प्रभावित भएको छ । जेठ २० गतेसम्म विभिन्न शिर्षकमा रु. ४४ लाख ५६ हजार ६४९ आन्तरिक आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा रु. ५४ लाख ३९ हजार ७६३ आन्तरिक आम्दानी भएको थियो ।

Gunasthariya Shiksya

रघुगंगा गाउँपालिकाले सबै अभिलेखलाई आफ्नै सर्वर बनाएर भण्डारण गर्न लागेको छ । सूचनाको हकमा भएको व्यवस्था अनुसार सार्वजनिक गर्न मिल्ने कार्यपालिका, गाउँसभाका निर्णय र भुक्तानीको विलहरुको समेत भण्डारण गर्ने काम सकिएपछि सर्वरमा आम नागरिकको पहि पहुँचको व्यवस्था मिलाइने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

वि.स. २०७८ बैशाख १६ गते देखि विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्न थालिएको थियो । सेवाग्राहीको औठाछाप आवश्यक नपर्ने बाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र सेवाग्राहीलाई इमेलबाटै सिफारिस उपलब्ध गराउने अभ्यास पनि गरेको छ ।

सिफारिस, उपभोक्ता समिति लगायत विभिन्न काम लिएर आउने सेवाग्राहीले गाउँपालिकामा दिनुपर्ने निवेदनको नमुना विकास गरिएको छ । आफ्नै भवनबाट सञ्चालन भएको रघुगंगामा सेवाग्राहीले भर्ने सन्तुष्टि फारममा दिने सुझाव विश्लेषण गर्ने संयन्त्र बनाइएको छ ।

कार्यालयको सुरक्षा र निगरानीका लागि सिसीटिभी जडान, म्यानुअलका अतिरिक्त विद्युतीय हाजिरी मेसिन प्रयोगमा ल्याएका छन् । ८ वटै वडा कार्यालयमा प्राबिधिकलाई परिचालन गरिएको छ ।

पूर्वाधार, कृषि र पशु सेवाका प्राविधिकहरु वडा कार्यालयमै बसेर सेवा दिन थालेका छन् । वडा सचिव नहुँदा तीन वटा वडामा स्वास्थ्यकर्मीले पञ्जाधिकारीको रुपमा काम गरेका छन् । योजनाको लागत अनुमान तयार पार्ने र त्यसपछि बजेट बिनियोजन गर्ने अभ्यास थालिएको छ ।

४, ६ र ७ नम्बर वडामा स्वास्थ्यकर्मीले पञ्जाधिकारीको रुपमा काम गरेका छन् । ५ जना प्रशासनिक दरबन्दी रिक्त छ । ३ जना लोक सेवा आयोगमा माग गरिएको छ । कर्मचारीहरुको सेवा सुविधाको विषय समेटेर कार्यक्रम सञ्चालन निर्देशिका बनाएको रघुगंगाले बेरुजु असुल उपर गर्न घरदैलो अभियान चलाउने तयारी गरेको छ ।

असुल गर्नुपर्ने बेरुजु भएकाको घरमै गएर भेट्ने र फस्यौट गर्नेलाई सम्बन्धीत ठाउँमै प्रमाणपत्र दिने गरी कार्यक्रम बनाएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । कुल रु. ९३ लाख ७१ हजार २४५ बेरुजु रहेको छ । रु. २६ लाख १३ हजार ८७२ असुल गर्नुपर्ने, रु. ६० लाख १९ हजार ८८३ प्रमाण पेश गर्ने र रु. सात लाख ३७ हजार ४९० पेस्की बेरुजु छ ।
उपभोक्ता समिति मार्फत भएका केही योजनामा तोकिएको दररेट भन्दा कम दरमा काम हुँदा पनि बेरुजु औल्याइएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ मा १६० वटा योजना मध्य १४० वटा सम्झौता र ८७ वटा सम्पन्न तथा २० वटा सम्झौता हुन बाँकी छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...