मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तिव्र

Gandaki Pardesh notice

जोमसोम, गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तिब्रता पाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजना अन्तरगत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई तिब्रता पाएको हो ।

सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवै तर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भैरहेको छ । डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८÷७९ मा पनि प्रतिस्पर्धाबाट छनौट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“एक्लेभट्टि देखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुदै ४० किलोमिटर मार्ग खोलिसकेको छ,” उहाँले भन्नुभयो “यसपाली एक लाख ८७ हजार घनमिटर कटिङ र तीन हजार ५१० घनमिटर ग्यावीयन पर्खाल लगाउने थालिएको छ ।”

२०७८ चैत १७ गते रु. चार करोड ६४ लाख ८२ हजार २६७ मा जागृति–कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । वि.स. २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ । निर्माण कम्पनीका प्रतिनिधी जिवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खा याममा सम्पन्न गर्ने लक्ष्य सहित तिब्रता दिएको बताउनुभयो ।

दुई वटा एक्साभेटर (डोजर)ले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन् । केही दिनमै ग्यावीयन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधी रोकायले बताउनुभयो । समुन्द्रि सतहदेखि चार हजार मिटर भन्दा बढीको उचाईमा सडक निर्माण भैरहेको छ । मुस्ताङ तर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पु¥याउन लागिएको हो । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिक सम्म सडक जोडिएको छ ।

११ मिटर फराकिलो सडक निर्माण गर्न लागिएको हो । यो सडकलाई आर्थिक वर्ष २०७६÷०७७ मा रु. ११ करोड, २०७५÷०७६ मा रु. ४ करोड बजेट बिनियोजन भएको थियो ।

मुस्ताङबाट निर्वाचित प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयबासीलाई आवत जावतमा सहज हुने बताउनुभयो । हप्तौ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पाबासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...