सर्वोदयमा गरिमाको वित्तीय साक्षरता

Gandaki Pardesh notice

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको पोखरेबगर शाखाको आयोजनामा सर्वोदयका विद्यार्थीहरुलाई वित्तीय ज्ञान प्रदान गरिएको हो । शाखा प्रवन्धक श्याम थापामगरले खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवा सुविधा, डिजिटल सेवा लगायतका विभिन्न विषयमा सहजिकरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकाको विभिन्न वस्तीमा पुगेर बैंकिङ सेवा दिएको बैंकले बचतको महत्वका विषयमा पनि जानकारी गराइएको थियो । विद्यार्थी र शिक्षक मार्फत समुदायमा वित्तीय शिक्षा विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरिएको शाखा प्रबन्धक थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा कक्षा १० का ३० जना विद्यार्थीहरु सहभागी थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुन, निमित्त प्रअ टकबहादुर पुन लगायतको उपस्थिति थियो । गरिमाको पोखरेबगरका साथै म्याग्दीको बेनी, बाबियाचौर र दरवाङ सहित देशभर १२० शाखा र एक वटा एक्टेन्सन काउन्टर छन्।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...