मृगौलापिडित विकद्धारा जिवन रक्षाको अपिल

Gandaki Pardesh notice

साजन परियार
बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ४२ वर्षीया कमला बि.क.ले जिवन रक्षाको लागि अपिल गर्नुभएको छ ।

दुवै मृगौला फेल भएर थलिएकी बि.क.को उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । एक वर्षदेखि उहाँ काठमाडौको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत हुनुहुन्छ ।

Bhautik ministry notice about road

आफूसँग भएको, आफन्तहरुले गरेको सहयोगले हालसम्म उपचार गर्नुभएको छ । चिकित्सकले मृगौला प्रत्यारोपणका लागि सुझाव दिनुभएको छ । डायलाईसीस र मृगौला प्रत्यारोपण तथा प्रत्यारोपणपछिको औषधीको व्यवस्था गर्न आर्थिक अभाव भएको वि.कले बताउनुभयो ।

Shreekrishna hardwear in news

वि.क.का श्रीमान रोजगारको शिलसिलामा विदेशमा हुनुहुन्छ । उहाँको आम्दानीले घरव्यवहार चलाउन मात्र पुग्छ । वि.क. परिवार खेती, किसानी र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् ।

उहाँको घरको आर्थिक अवस्था कमजोर छ । एक छोरा र दुई छोरी छन् । इच्छुक ब्याक्ति वा निकायले पीडितलाई सहयोग गर्न चाहे मा ९८०५३३८७९४ वा ९८५७७०२४८५ मा सम्पर्क गर्न सक्ने छन् । कमला बिकको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडमा रहेको खाता नम्बर ०४६०५०५०२७४५०० मा सिधा रकम जम्मा गर्न सक्नुहुनेछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...