बुकुखोला निर्माणको तयारी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा घलेम्दीखोला जलविद्युत आयोजना बनाएका उद्योगी, ब्यवसायीहरु प्रर्वद्धक भएर ओखलढुङ्गामा अर्को जलविद्युत आयोजना बनाउने तयारी गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई वर्षअघि ५ मेगावाट क्षमताको घलेम्दीखोला निर्माण गरेका नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, घलेम्दीका प्रर्वद्धक नारायणवाबु अधिकारीको टोली ६ मेगावाट क्षमताको बकुखोला जलविद्युत आयोजनामा जोडिनु भएको हो ।

ओखरढुङ्गाको खिजिदेम्बा गाउँपालिका–७ रावगुरुमा बकुखोला जलविद्युत आयोजनाको प्रर्वद्धक अपोलो हाइड्रोपावर प्रा.ली.का सञ्चालक श्रेष्ठले शनिबार म्याग्दीमा पत्रकार भेटघाट गरी दशै लगत्तै निर्माण शुरु गर्ने तयारी भएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“सबै प्रक्रीया पुरा गरेर पूर्वाधार निर्माणको तयारीमा छौ,” उहाँले भन्नुभयो “केही समयका लागि संस्थापकका रुपमा लगानीको अवसर दिएका छौ । कामना सेवा विकास बैंकको नेतृत्वमा ऋणको वित्तीय स्रोत व्यवस्थापन भइसकेको छ ।”

सोलुखुम्बु, रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानामा पर्ने आयोजना स्थलसम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ । बाँधबाट दुई किलोमिटर पेनस्टेक पाइपबाट ल्याउने पानी २७२ मिटर हेडबाट खसालेर विद्युत उत्पादन गरिने भएको छ । आयोजनाबाट उत्पादीत विद्युत १९ किलोमिटर टाढा रहेको चिलिमे प्रशारण लाइनबाट केन्द्रिय ग्रिडमा जोडिने भएको छ ।

कुल रु. एक अरब १० करोड ६५ लाख लागत अनुमान गरिएको आयोजना निर्माण शुरु गरेको दुई वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य छ । खिचिदेम्बाका आङ तेन्जि शेर्पाको नेतृत्वमा निर्माण हुन लागेको यस आयोजनाको विद्युतगृह दोभान सिस्टीङमा निर्माण हुने भएको छ । सो क्षेत्रमा निर्माण भइरहेका अन्य जलविद्युत आयोजनासँग समन्वय गरेर सवस्टेशन जोड्ने प्रशारण लाइन बनाउने योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...