मालिकाको खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि विजुली बलेन्

Gandaki Kotihome

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छैन् ।

विजुली बल्ने आशामा वायरिङ गरेका खटेनबासीहरु निराश भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्रीहरु अलपत्र परेका छन् । मालिका गाउँपालिका–३ का अध्यक्ष मोतिप्रसाद बुढाले विद्युतीकरणमा भएको ढिलाई र सामग्री अलपत्र परेको विषयमा नेपाल विद्युत प्राधिकरणको बेनी स्थित कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको बताउनुभयो ।

“दुई वर्षदेखि अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिन प्राधिकरणको कार्यालयको ध्यानाकर्षण गराएका छौ,” उहाँले भन्नुभयो “पोल गाडेको, तार तानेको र वायरिङ गरेको दुई वर्षसम्म पनि बिजुली नबल्दा स्थानीय निराश बन्नुका साथै विद्युतीकरणका सामग्री बेवारिसे भएका छन् ।”

Shreekrishna hardwear in news
Notice about ban dadalo

खटेनका १५० घरधुरीमा विद्युतीकरणका लागि तयारी छन् । वडा अध्यक्ष बुढाका अनुसार मिटरबक्स जडान र लाइन जडान गरेमा ती घरधुरीमा विजुली बल्छ । खटेनवासीले च्युरीबोटमा रहेको दाजुङखोला लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका छन् ।

खटेनसँगै रहेको इग्रेमा भने दुई वर्ष अघिनै विजुली वालिएको थियो । खटेन र इग्रेका लागि विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर चार्ज भैसकेको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका ईञ्जिनियर शिवराज पौडेलले मालिका गाउँपालिकामा विद्युतीकरणका लागि चालू आर्थिक वर्षमा प्राप्त भएको रु. एक करोड ५० लाख बजेटको ठेक्का सम्झौताको तयारी भएको बताउनुभयो ।

“सामग्री खरिद भैसकेको छ,” उहाँले भन्नुभयो “मजदुरको काम गर्न आव्हान गरिएको ठेक्का मुल्याङ्कन गरेर सम्झौताको तयारीमा छौ ।” मालिका गाउँपालिकाको वडा नम्बर ३ मा खटेन सहित पात्ले, लुक्सीपार, औल भिरवांग, स्याकलुंगमा विद्युतीकरण बाँकी छ । इग्रे, लामखोरे, सराग्दी र किटिनीमा विद्युतीकरण गरेर केन्द्रिय लाइन विस्तार गरिसकिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...