मोनाको सहयोग

Sinchai Khanipani notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका कार्यसमिति सदस्य तथा मोना कुवेतका कोषाध्यक्ष स्वर्गीय कृष्णप्रसाद खड्काका परिवारलाई बिहिबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बेनी स्थित मोनाको कार्यालयमा बिहिबार गत बैशाख ७ गते दिवंगत हुनुभएका अन्नपूर्ण गाउँपालिका–६ घार घर भई हाल पोखरामा बस्दै आउनुभएका खड्काका परिवारलाई रु. दुई लाख ८८ हजार १७९ उपलब्ध गराइएको हो ।

Bhautik ministry notice about road

कुवेतबाट छुट्टिमा घर आउनुभएका खड्काको पोखरामा निधन भएको थियो । मोना अन्तराष्ट्रियका सचिव सुवोध बरुवाल र मोना कुवेतका अध्यक्ष मानबहादुर फगामीले सो रकम खड्काका छोरी दिपा खड्का, छोरा पुकार खड्का र दाजु श्यामप्रसाद खड्कालाई हस्तान्तरण गर्नुभयो ।

Shreekrishna hardwear in news

मोना आईईसीबाट रु. पचास हजार, बाकीँ मोना कुवेत र मोना नेदरल्याण्ड तथा मोना आईईसीका पदाधिकारिहरुबाट जुटाइएको सचिव बरुवालले बतानुभयो । स्वर्गीय खड्काले मोनामा पु¥याउनुभएको योगदानको उच्च कदर र सम्मान गर्दै संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरिएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...