बेरुजु नियन्त्रणमा संवेदनशिल बन्न महालेखा नियन्त्रक अर्यालको आग्रह

Gandaki Pardesh notice

बेनी, । महालेखा नियन्त्रक सुमनराज अर्यालले बेरुजु नियन्त्रणमा संवेदनशिल बन्न निर्देशन दिनुभएको छ ।

बेनीमा बुधबार कोष तथा लेखा नियन्त्रकको कार्यालय उद्घाटन गर्दै उहाँले बेरुजुलाई शून्य बनाउने लक्ष्य राखेर काम गर्न निर्देशन दिनुभयो । “नियमित र कानुनसम्वत कामबाट बेरुजु सिर्जना हुदैन,” अर्यालले भन्नुभयो “करिब अठार खरब बजेट भएको हाम्रो देशमा अहिलेको बेरुजुको अंक हेर्दा हामीले कतै अन्याय गरेका त छैनौ भनेर सोच्नुपर्ने समय आएको छ ।”

सार्वजनिक सेवा प्रवाहमा व्यवस्थापन गरिएको सार्वजनिक सम्पत्तिहरुको समुचित प्रयोग र संरक्षणमा पनि ध्यान दिन महालेखा नियन्त्रक अर्यालले बताउनुभयो । सूचना प्रविधिको अधिकतम प्रयोग गरेर तीनै तहका सरकारको वित्तीय प्रणालीलाई ब्यवस्थित बनाउन मलेनिकाले प्रयास गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

सहमहालेखा नियन्त्रक थानप्रसाद पंगेनीले हरेक बर्ष बढेको बेरुजुले आर्थिक अनुशासन कायम गराउन चुनौति थपेको बताउनुभयो । नयाँ बेरुजु सिर्जना हुन नदिन र पुराना बेरुजु फस्यौट तथा सम्परिक्षणमा प्राथमिकता दिन आग्रह गर्नुभयो । सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले घोषणा भएपनि कर्मचारी र सर्वसाधारणले हिमाली जिल्लाको सुविधा पाउन नसकेको स्मरण गराउदै दरबन्दी अनुसारको जनशक्ती अभाव सेवा प्रवाहमा देखिएको चुनौति भएको बताउनुभयो ।

भौगोलिक विकटता र प्रतिकुलतासँगै आर्थिक वर्षको अन्तिम महिनामा विकास खर्च बढी परिचालन हुने गरेकोप्रति ध्यानाकर्षण गराउनुभयो । कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख रामभक्त रानाभाटले दरबन्दी अनुसारका जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७८÷७९को जेठ २४ गतेसम्म संघीयको पुजिगततर्फ १९.८७ प्रतिशत र चालुतर्फ ८२.७८ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक रानाभाटले बताउनुभयो । प्रदेशतर्फ पुजिगत बजेट ३२.३६ प्रतिशत र चालुतर्फ ४८.४१ प्रतिशत बजेट खर्च भएको छ ।

संघीय कार्यालय मार्फत रु. १२ करोड ३४ लाख ११ हजार ६२१ र प्रदेश कार्यालय मार्फत रु. दुई करोड ६३ लाख ९२ हजार ७०५ राजस्व संकलन भएको छ । कोलेनिकाले अन्तशूल्क दर्ता र नविकरण वापत रु. तीन लाख २७ हजार ९०० राजस्व संकलन गरेको छ ।

दुई करोड रुपैयाँको लागतमा गत वर्ष कोलेनिकाको तीन तले दश कोठे भवन निर्माण भएको थियो । वि.स. २०३८ मा स्थापना भएको कोलेनिकाको कार्यालय तीस वर्षसम्म भाडाको घरबाट सञ्चालन भएको थियो ।
लेखापाल लेखनाथ अधिकारले सञ्चालन गर्नुभएको कार्यक्रममा कोलेनिका म्याग्दीका पुर्व कार्यालय प्रमुख युक्तप्रसाद शर्माले भवन निर्माणको बारेमा जानकारी गराउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...