श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अधिवेशन

Add Samajik bikash office

बेनी, । म्याग्दीको श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको चौथो साधारणसभा तथा अधिवेशन बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनले चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नैनकुमार श्रेष्ठ, सचिवमा पूर्णबहादुर जिसी, कोषाध्यक्षमा राम्जीप्रसाद सुवेदी, सहसचिवमा हरिप्रसाद पौडेल र सहकोषाध्यक्षमा बिष्णुप्रसाद गौतम चयन हुनुभएको छ ।
सदस्यहरुमा मन्दिरा पौडेल, कृष्णप्रसाद श्रेष्ठ, प्रकाशकुमार श्रेष्ठ, विक्रम श्रेष्ठ, लक्ष्मी जोशी र हरिनारायण सुवेदी रहनुभएको छ । साधारणसभा र अधिवेशन बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Bhautik ministry notice about road

नगरप्रमुख श्रेष्ठले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभव समाजको सम्पत्ति भएको बताउनुभयो । बेनी नगरपालिका–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायत जनप्रतिनिधीहरुको पनि उपस्थिति थियो ।

Shreekrishna hardwear in news

केन्द्रले बेनीको गणेशटोलमा दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र बेनी नगरपालिकाको साझेदारीमा केन्द्रको भवन निर्माण भएको थियो । सो भवनमा बेनी बजारमा बस्दै आएका जेष्ठ नागरिकहरु दिउँसोको समयमा जम्मा भएर भजनकिर्तन, पत्रपत्रिका, धार्मिक पुस्तक अध्ययन गर्छन् । केन्द्रले उनिहरुलाई खाजाको व्यवस्था मिलाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...