म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना

Add Samajik bikash office

बेनी, । म्याग्दीमा मनसुन जन्य विपद् प्रतिकार्य योजना बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार प्रशासन कार्यालयमा बसेको बैठकले योजना पारित गरेको हो ।

समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले भित्र्न लागेको मनसुन याममा हुने प्राकृतिक विपद् व्यवस्थापनको पूर्व तयारीका लागि प्रतिकार्य योजना बनाइएको बताउनुभयो ।

मनसुनजन्य विपद्को जोखियुक्त स्थान पहिचान, सतर्कता, विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापनका लागि विगतको अभ्यास र सरोकारवालाहरुको सुझावको आधारमा प्रतिकार्य योजना बनाइएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

बैठकले विपद् जोखिमका दृष्टिले उच्च जोखिममा रहेका क्षेत्रहरुमा विशेष निगरानीसहित पुर्व तयारी गर्नका लागि १५ वटा निर्णय गरेको छ । उच्च जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सार्ने र जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीको तटीय क्षेत्रमा बाढीको पुर्व सूचनाका लागि सम्पर्क व्यक्ति खटाइने भएको छ ।

नदीको तटिय क्षेत्रको अवस्था नियमित जानकारी गराउन अन्नपुर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिकाले दरवाङ र धवलागिरी गाउँपालिको मुना र मुदीमा सम्पर्क ब्यक्ति खटाउने निर्णय भएको छ ।

Bhautik ministry notice about road

यसैगरी बर्खायाममा पहिरो, बाढी र कटानका कारण अवरुद्ध हुने सडक मर्मत गरि नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउने, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री व्यवस्थापन गर्ने, औषधी, दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिने निर्णय भएको छ ।

प्रजिअ रानाको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दलका प्रमुख, स्थानीय तहका जनप्रतिनिधी, सुरक्षा अधिकारी, कार्यालय प्रमुख, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था महासंघ, पत्रकार महासंघ लगायत निकाय र संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, बेनी नगरका मेयर सुरत केसी, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपुर्णका अध्यक्ष भरत पुन, मंगालाका अध्यक्ष सतप्रसाद रोका, मालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, धवलागिरीका अध्यक्ष प्रेम पुन र राजनीतिक दलका प्रतिनिधि उपस्थित थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले विपद्को समयमा स्वास्थ्य सम्बन्धी ¥यापिड रेस्पोन्स टिम गठन, काम र कर्तब्यको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । सदरमुकाम बेनीबजार सहित जिल्लाका ४५ वडामध्ये २९ वटा वडा बाढीपहिरोको उच्च जोखिममा छन् । औसत भन्दा बढी मात्रामा बर्षा हुनु, अव्यस्थित रुपमा सडक निर्माण र माटोको सुरक्षित व्यवस्थापन नहुनु आदी कारणले पहिरो, बाढी र कटानको जोखिम बढेको औल्याइएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...