पात्लेखेतमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट डेढ सय कृषक लाभान्वित

Gandaki Pardesh notice

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरमा १४६ जना कृषकले सेवा लिएका छन् । पाँच हजार दुई सय गाई, गोरु, भैसी, बाख्रा, कुखुरा, हाँसलाई औषधी वितरण गरिएको शाखाले जनाएको छ ।

पशुपंक्षीको स्वास्थ्यप्रति कृषकलाई सचेत बनाउन सन्देश प्रवाह गराउने, पशुपंक्षीको लक्षणको आधारमा रोग पहिचान र उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शिविरबाट कृषकहरुले आफ्ना पशुपंक्षीको स्वास्थ्य समस्या पहिचान र औषधी तथा परामर्श सम्बन्धी सुविधा पाएका छन् । सदरमुकाम बेनी पुग्नुपर्नेमा गाउँमै सेवा पाउँदा सहज भएको कृषकहरुले बताएका छन् ।

वडा अध्यक्ष मसविर रोकाको अध्यक्षता, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यको प्रमुख आतिथ्यता, नगरपालिकाको पशु सेवा शाखाका प्रमुख चिकित्सक जनाश्रित श्रेष्ठको स्वागत र प्राबिधिक प्रदिप गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भेटेरीनरी अस्पतालका प्रमुख आचार्य र वडा अध्यक्ष रोकाले औषधी वितरण गरेर शिविर शूभारम्भ गर्नुभएको थियो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख आचार्य, शाखाका पशु चिकित्सक श्रेष्ठ, प्राबिधिक गौतम, हरिकृष्ण पौडेल, कविता आचार्य, सेरबहादुर सुवेदी लगायतको टोलीले सेवा दिनुभएको थियो । शिविरमा कृषकहरुलाई आन्तरिक र बाह्य परजिवी विरुद्धको औषधी निशूल्क वितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...