यस्ता छन् बेनी नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिकाले विपद्मा मेयर र आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कार्यपालिकाको पहिलो बैठकले विपद् व्यवस्थापन, राहत र पुननिर्माणमा राज्यका अतिरिक्त समुदाय, निजी क्षेत्र र प्रवासीहरुको सहभागितामा विपद्मा मेयर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

निर्णय सार्वजनिक गर्दै मंगलबार नगरप्रमुख सुरत केसीले विपद्जन्य घटनाहरुबाट हुने सम्भावित क्षति न्युनिकरण गर्न र विपद् व्यवस्थापन, उद्धार तथा प्रतिकार्यका लागि विपद्मा मेयर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

आसन्न बर्खामा विपद्को प्रतिकार्यका लागि तयारीसँगै विपद् व्यवस्थापनमा परिचालन हुने डोजर, ट्रिपर र ट्याक्टर प्रतिस्पर्धा मार्फत भाडामा लिने नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

उपप्रमुख ज्योती लामिछाने पौडेलले टोल टोलमा बनेका आमा समूहका भवनमा सिपमुलक तालिम सञ्चालन गरेर महिलाहरुलाई उत्पादनसँग जोड्ने उद्देश्यले आमा समूहसँग उपमेयर कार्यक्रम अघि सारिएको बताउनुभयो ।

कार्यपालिका अन्तरगतका समितिको नेतृत्व र सदस्य चयनका साथै आगामी बैठकमा नगरप्रहरी सञ्चालन तथा व्यवस्थापन र रुख कटान छनाट सम्बन्धी कार्यबिधी बनाउने र मजदुर डेक्स तथा मजदुर सहायता कोष स्थापना गर्ने निर्णय भएको कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

सामुदायिक विद्यालयको शैीक्षक गुणस्तर सुधारका लागि अध्ययन गरि सुझाव पेश गर्न शिक्षा अधिकृत कमलप्रसाद ढकालको संयोजकत्वमा सोमनाथ ढुङ्गाना, सम्मरबहादुर थापा, जयराम सुवेदी र पेशागत संगठनका तीन जना प्रतिनिधी रहेको कार्यदल बनाएको छ ।

कार्यपाकिलाको प्रवत्ताको जिम्मेवारी वडा नम्बर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठले पाउनुभएको छ । नगर क्षेत्रमा नदीजन्य बस्तुको उत्खनन्को पुन प्रारम्भिक परीक्षण (आइई)का लागि प्रक्रिया अघि बढाउने भएको छ ।

Bhautik ministry notice about road

नगर प्रमुख केसी संयोजक रहेको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिमा वडा अध्यक्ष गोविन्द बानिया, यामबहादुर क्षेत्री, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र मनकुमारी विक मनोनित हुनुभएको छ ।

नगर उपप्रमुख पौडेल संयोजक रहेको राजस्व परामर्श समितिको सदस्यमा कार्यपालिका सदस्य सृजना श्रेष्ठ र किसान विश्वकर्मा सदस्य रहनुभएको छ । नगर प्रमुख केसीको संयोजकत्वमा फोहोरमैला विर्सजन एवम् थप उचित व्यवस्थापनका लागि उपयुक्त स्थान खोजी र पहिचानका लागि सहजिकरण गर्न नगर उपप्रमुख पौडेल सहित २, ३, ४, ६ र ९ नम्बर वडाका अध्यक्ष रहेको समिति बनाइएको छ ।

वडा नम्बर ३ का अध्यक्ष पदम पुनको संयोजकत्वमा गठन भएको आर्थिक विकास समितिको सदस्यमा ५ नम्बर वडाका अध्यक्ष गोविन्द बानिया, कार्यपालिका सदस्य सृजना श्रेष्ठ र सदस्य सचिवमा पशु चिकित्सक जनाश्रित श्रेष्ठ र आकृति ढुङ्गानालाई मनोनित गरिएको छ ।

वडा नम्बर ९ का अध्यक्ष चक्रबहादुर केसीको संयोजकत्वमा गठन भएको सामाजिक विकास समितिको सदस्यमा १ नम्बर वडाका अध्यक्ष टेकबहादुर थापा, कार्यपालिका सदस्य सुजाता किसान र शिक्षा अधिकृत कमलप्रसाद ढकाल रहनुभएको छ ।

वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षतामा गठन भएको पूर्वाधार विकास समितिको सदस्यमा ८ नम्बर वडाका अध्यक्ष उत्तम कर्माचार्य, कार्यपालिका सदस्य मनकुमारी विक सदस्य तथा इञ्जिनियर विमलरञ्जन कार्की सदस्य सचिव रहनुभएको छ ।

वडा नम्बर ४ का अध्यक्ष अणबहादुर खड्का (भगवान)को संयोजकत्वमा गठन भएको वन वातावरण तथा विपद् व्यवस्थापन समितिमा कार्यपालिका सदस्य बबिता सापकोटा, वडा नम्बर १० का अध्यक्ष मसबिर रोका सदस्य र प्रशासकीय अधिकृत युवराज थापा सदस्य सचिव रहनुभएको छ ।

वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्यको संयोजकत्वमा गठन भएको सुशासन तथा संस्थागत विकास समितिको सदस्यमा कार्यपालिका सदस्य किसान बिक, निर्मला मल्ल र प्रशासकीय अधिकृत युवराज थापा सदस्य सचिव रहनुभएको छ ।कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माको संयोजकत्वमा वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ नम्बर वडाका अध्यक्ष उत्तम कर्माचार्य, इञ्जिनियर विमलरञ्जन कार्की, लेखापाल माधवप्रसाद भुषाल सदस्य र प्रशासकीय अधिकृत युवराज थापा सदस्य सचिव रहेको कार्यरत जनशक्तिहरुको विद्यमान कार्यबोभ एवं कार्यप्रकृति समेतका आधारमा हाल उपलब्ध गराइएको सेवा सुविधाका विषयमा थप अध्ययन गरी कर्मचारीको मासिक सुविधा लगायत अन्य विषयमा आवश्यक विमर्श एवं सुझाव पेश गर्ने जिम्मेवारी सहितको कार्यदल बनाइएको छ ।

नगरपालिकाको हितका लागि सहमतिमा विषयगत समिति गठन गरिएको नगरप्रमुख केसीले बताउनुभयो । नगर प्रमुद केसीले पदभार ग्रहणका क्रममा गर्नुभएको विपन्नको स्वस्थ्य बिमा गर्ने, नसर्ने रोगका बिरामी पहिचान गर्न शिविर सञ्चालन गर्ने सम्बन्धी निर्णय बैठकले अनुमोदन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कार्यपालिकाको निर्णयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...