दरबाङ बजार संरक्षण योजनामा लापरवाही

Sinchai Khanipani notice

दरबाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा लापरवाही भएको छ ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्कि पर्खाल निर्माणका क्रममा कमशल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयवासीले गुनासो गरेका छन् । नदी किनारमा निर्माणाधिन पर्खालको विभिन्न भागमा भागमा ढलानका क्रममा सिमेन्ट, गिट्टी र वालुवाको मिश्रण सही नहुँदा प्वाल प्वाल परेको तस्विर सार्वजनिक भएको छ ।

स्थानीयवासीहरुले निर्माणाधिन पर्खालको गुणस्तर परिक्षण र लापरवाही भएको ठाउँमा भत्काएर नयाँ पर्खाल निर्माण गर्नुपर्ने माग गरेका छन् । दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन गत माघ महिनादेखि गाउँपालिकाको रु. एक करोड भन्दा बढी लगानीमा दुई वटा प्याकेजमा पक्की पर्खाल निर्माण शुरु भएको थियो ।

Shreekrishna hardwear in news

यस वर्ष विनियोजन भएको रु. एक करोड बजेटको काम प्रतिस्पर्धा मार्फत कार्यशक्ति कन्ट्रक्सन काठमाडौले रु. ६४ लाखमा ठेक्का लिएको थियो । सो ठेक्का अन्तरगत ५६ मिटर लामो र सात मिटर पक्कि पर्खाल निर्माण भइरहेको छ ।

Bhautik ministry notice about road

गत बर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले रु. ५६ लाखमा ठेक्का लिएको ४२ मिटर लामो र सात मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनालाई पनि यसै बर्ष पूर्णता दिन काम गरिरहेको छ । हिमालयनले गरिरहेको पुरानो ठेक्काको भागको पर्खाल निर्माणमा लापरवाही देखिएको हो ।

गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएको थियो । निर्माणाधिन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक वटा घर, जनप्रिय माबिको भवन र खेलमैदान भत्किएको थियो ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले निर्माणाधिन पर्खालको अनुगमन गरि ठुला आकारको गिट्टी राखेका कारण ढलान बिग्रीएको पाइएको बताउनुभयो । ढलान बिग्रिएको करिब एक मिटर दुरीमा भत्काएर नयाँ ढलाल गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रशासकीय अधिकृत काफ्लेले बताउनुभयो ।

करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । बि.स. २०७६ सम्म हिउँदमा ग्याबीयन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो । २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रबिधीको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...