मुस्ताङका स्थानीय तहलाई करिब ९४ करोड अनुदान

Gandaki Pardesh notice

जोमसोम । मुस्ताङ जिल्लाका स्थानीय तहहरुले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु. ९४ करोड अनुदान पाएका छन् ।

सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तब्य अनुसार मुस्ताङका पाँच वटा गाउँपालिकाले रु. ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शिर्षकमा रु. ७९ करोड ३ लाख र पँुजिगततर्फ रु. १४ करोड ७४ लाख बजेट बिनियोजन भएको हो ।

Bhautik ministry notice about road

घरपझोङ गाउँपालिकाले रु. २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले रु. २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले रु. १७ करोड १४ लाख बजेट पाएका छन् । यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले रु. १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले रु. १६ करोड ४८ लाख अनुदान पाएका हुन् ।

Shreekrishna hardwear in news

सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरुले संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आर्थिक वर्षको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि टोल र वडा स्थलमा योजना छनौट प्रक्रीया थालेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...