मतिचौरमा १०८ धारा निर्माण

Sinchai Khanipani notice

दाना । म्याग्दीको अन्नपुर्ण गाउँपालीका–३ दानाको मतिचौर स्थित मोति बराहमा १०८ धारा निर्माण भएको छ ।

समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको मतिचौरमा रु. बीस लाखको लागतमा धारा निर्माण भएको हो । अन्नपुर्ण गाउँपालीकाको रु. आठ लाख अनुदान सहयोग र रु. १२ लाख चन्दा सहयोगबाट भक्तजनको सुविधाका लागि स्नान गर्ने धारा बनाइएको उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

“धारामा स्नान गरेपछि कपडा फेर्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा सभाहलको साथै पूजाआजाका लागि विष्णु लक्ष्मीको मन्दिर समेत बनाएका छौ,” उहाँले भन्नुभयो “धारा, मन्दिर लगायत सवै संरचनाहरुमा रंगरोगन गरि चिटिक्क पारिएको छ ।”

Shreekrishna hardwear in news

भक्तजनको सुविधा र आन्तरिक पर्यटक आकर्षित गर्न १०८ धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिब गंगा पुनले बताउनुभयो । “१०८ धाराले यस क्षेत्रको बिकास र प्रचारमा थप सहयोग पुग्ने विश्वास लिएका छौ,” उहाँले भन्नुभयो “मोतिबराहलाई मिनि मुक्तिनाथको रुपमा चिनाउन प्रर्वद्धनमा जुटेका छौ ।”

Bhautik ministry notice about road

भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ । हिउँदमा पनि नसुक्ने मुलबाट पानी ल्याएर धारामा जडान गरिएको छ । यहाँ स्नान गर्ने भक्तजनहरुको मन शुद्घ हुने र मनोकांक्ष पुराहुने जनविश्वास छ ।

मतिचौरमा शिद्घ र बराहको मन्दिर रहेको छ । जहाँ प्रत्यक बर्ष जनै पुर्णिमाको अबसरमा बिशेष पुजाआजा हुने गर्दछ । मनोकांक्षा पुरा हुने विश्वासका लागि दाना र आसपासका गाउँका साथै जिल्ला वाहिरबाट समेत भाकल तथा पुजा गर्न भक्तजन आउने मतिचौरका संरक्षक टेकबहादुर थापाले बताउनुभयो ।

जिर्ण बनेको शिद्ध र बराहको मन्दिरलाई मर्मत सम्भार गरिएको छ । १०८ धारा को शनिबार वडा अध्यक्ष रमेश पुर्जा र चन्दादाता कृष्ण तुलाचनले उद्घाटन गर्नुभयो । धारा नजिकै निर्माण गरिएको बिष्णुलक्ष्मी मन्दिरको जग्गादाता दुर्गाबहादुर पूर्जा र कपडा फेर्ने कक्षको कार्यपालिका सदस्य आशा गुरुङले उद्घाटन गर्नुभएको छ ।

मतिचौरको धार्मिक पर्यटनलाइ बिकास गर्नका लागि गाउँपालिकाले दुवारी सम्म सडक निर्माण गरेको छ । दुवारीदेखि करिव १ घण्टाको जंगलै जंगलको पैदलयात्रा पछि मतिचौर पुग्न सकिन्छ । चन्दादाता तुलाचनले टेन्ट, म्याटे«स र पे्रसरकुकर पूजा समितिलाई सहयोग प्रदान गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...