बेनी। विश्व वातावरण दिवसको अवसरमा बेनीको लिटिल गार्डेन एकेडेमीका विद्यार्थीहरुले आइतवार वृक्षारोपण गरेका छन् ।
बराहपाखो सामुदायिक वन अन्तरगत बेनी–अर्थुङ्गे पदमार्ग छेउछाउ र पाखोमा विभिन्न प्रजातिका बिरुवा रोपेका हुन् । कल्की, पारिजात, वर, पिपल र स्वामीका करिब ६५ वटा विरुवा रोपिएको विद्यालयका प्रिन्सीपल दिपक सुवेदीले जानकारी दिनुभयो ।
विद्यालयका संस्थापक निर्देशक वालकृष्ण सुवेदी, शिक्षक र विद्यार्थीहरुले वृक्षारोपण गरेका थिए । वातावरण दिवसको अवसरमा लिटिल गार्डेनका विद्यार्थीहरुले हरेक वर्ष वृक्षारोपण, बजार सरसफाई लगायत कार्यक्रम गर्दै आएका छन् ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2022/06/Little-garden-tree-ropai-3-1024x768.jpg)
![Malika RM Public notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/11/Malika-RM-Notice-1.jpg)