सगरमाथा आरोहण गरेकी दियालाई पोखरामा सम्मान

Gandaki Pardesh notice

सुरेन गुरुङ
पोखरा, । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गरेकी अभिनेत्री दिया पुनलाई शनिबार पोखरामा सम्मान गरिएको छ ।

रामबजार पुन समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा २०७९ जेठ १३ गते सगरमाथा हिमालको सफल आरोहण गरेकी दियालाई सम्मान गरिएको हो । हेलिकप्टरबाट पोखरा एयरपोर्टमा आएकी दियालाई ¥याली सहित पृथ्वीचोक, चिप्लेढुंगा, महेन्द्रपुल हुदै रामबजार पुन समाजको सभाहलमा पु¥याइएको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

¥यालीमा पुन समुदायको पुख्यौली प्रस्तुत गर्नुका साथै नौमती बाजा पनि सहभागि गराइएको थियो । नरबहादुर तिलिजाको अध्यक्ष्इाता, बिराज पुर्जा पुनको प्रमुख आतिथ्यता र चन्द्रबहादुर शेर्पुजा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरुले सगरमाथा आरोहण गरेर साहसिक कार्य गरेको भन्दै प्रशसा गर्नुभएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा जन्मिएकी पुन हाल बेलायतमा बस्दै आउनुभएको छ । उहाँले नेपाली चलचित्र मिस्टर झोले, बिरबिक्रम, दयारानी र मन्त्र मा अभिनय गर्नु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...