मुदीमा आँखा शिविर

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा शनिबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दी आयोजक, मोना आईईसी र मोना अस्टे«लीया सहआयोजक रहेको शिविरको प्रमुख आर्थिक सहयोगी धवलागिरी गाउँपालिका–६ मराङ घर भई हाल अस्टे«लीयामा हुनुभएका दिपक भण्डारी रहनुभएको छ ।१०१ वर्षीय हस्तिका पुनको आँखा परिक्षण गरेर शिविर शुभारम्भ गरिएको थियो ।

Gunasthariya Shiksya

शिविरमा २१८ जनाको आँखा परिक्षण, परामर्श, चश्मा र औषधी वितरण सम्बन्धी सेवा दिइएको नेपाल नेत्रज्योती संघ म्याग्दी शाखाका सचिव राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ३ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् । नेत्र अधिकृत दिनेश बानियाको नेतृत्वमा मुदी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु सहितको टोलीले सेवा दिनुभएको थियो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाले बताउनुभयो ।

Shreekrishna

धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोना आईसीका संरक्षक तथा निवर्तमान अध्यक्ष चक्र थापा, वडा अध्यक्ष यामबहादुर घर्ति, पुर्व वडा अध्यक्ष बेगप्रसाद घर्ति, वुद्धिविकास माविका प्रअ जगबहादुर किसान, वडा सचिव तिलकशंकर पौडेल, नेत्रज्योती संघका सदस्य भुलमाया तिलिजिा, साधनाकुमारी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...