बालगृहमा स्वास्थ्य परिक्षण

Sinchai Khanipani notice

बेनी । स्वास्थ्य कार्यालयको आयोजनामा शनिबार बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रित १० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तरगत बालगृहमा रहेका बालबालिकाहरुको स्वास्थ्य समस्या पहिचानका लागि शिविर आयोजना गरिएको हो । पर्वत अस्पतालका बालरोग विशेषज्ञ डा. कुशल बराल, बेनी अस्पतालका डाक्टर गोविन्द पोखरेल, डेन्टल सर्जन डाक्टर अस्मिता कटुवाल, स्वास्थ्यकर्मी कमल रावल र सुनिता ढकालको टोलीले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

स्वास्थ्य कार्यालयका सिनियर अहेव सोमनाथ अधिकारीको अध्यक्षता र क्षयकुष्ठ निरिक्षक गणेश सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल बाल संगठन म्याग्दीका कोषाध्यक्ष हरिप्रसाद पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...