स्वास्थ्य, शैक्षिक संस्था र सिचाई आयोजनामा सौर्य उर्जा जडान

Gandaki Kotihome

बेनी,। गिभ पावर संस्थाले म्याग्दीका १५ वटा बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिचाई आयोजनामा सौर्य उर्जा जडान गरेको छ ।

अमेरिकाबाट आएका संस्थाका प्रतिनिधीहरुले आफै श्रमदान गरेर सौर्य उर्जा जडान गरेका हुन् । केन्द्रिय प्रशारण लाइनको विद्यूत सुविधा नपुगेको र लघुजलविद्युत परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत आपुर्तिको वैकल्पिक व्यवस्थाका लागि सोलार जडान गरेका हुन् ।

यसै हप्ता मंगला गाउँपालिका–३ बान्द्रेमा म्याग्दी नदीको पानी तानेर सिचाई गर्न पाँच किलोवाट क्षमताको सोलार जडान गरेका संस्थाका प्रतिनिधिहरुले यसअघि मालिका गाउँपालिका–५ देविस्थान र रघुगंगा गाउँपालिका–६ को पाखापानी स्वास्थ्य चौकीमा ७.३७ किलोवाट क्षमताको सोलार जडान गरेका थिए ।

Upper Myagdi transmition line notice

बान्द्रेका सन्तोष गिरीले सौर्य उर्जा जडान गरेर म्याग्दी नदीको पानी ११५ मिटर माथि रहेको नहरबाट १३ घरधुरीको २५० रोपनी जमिनमा बाह्ै महिना सिचाई गर्ने सुविधा भएको बताउनुभयो ।

Annapurna aarohan ko notice

“बस्ती मुनीको म्याग्दी नदीको पानी खेर गएपनि सुख्खा याममा सिचाई अभावमा खेतीबाली लगाउन, सिचाई गर्न र ब्याड राख्न समस्या हुने गरेको थियो,” उहाँले भन्नुभयो “सोलार बाट लिफ्ट सिचाई भएपछि बाह्ै महिना खेती गर्न सकिने भएको छ ।”

संस्थाका प्रतिनिधी र प्राबिधिकहरु सहित २६ जनाको टोलीले सोलार जडान र नदी किनारमा इनार बनाउन १२ दिन श्रमदान गरेका थिए । उनिहरुले मंगला माविमा कृषि प्राबिधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई हस्तकला सम्बन्धी तालिम सम्बन्धी दिएका थिए ।

सन २०२१ को डिसेम्बर महिनायता बागलुङको ताराखोला स्वास्थ्य चौकी, धादिङको चौकी भञ्ज्याङमा सोलार मिल, पर्वतको चित्रेको स्वास्थ्य चौकीमा सौर्य उर्जा र सोलार मिल, मोदी गाउँपालिकाको लेरपार स्वास्थ्य चौकीमा सौर्य उर्जा गरेका छन् ।

स्वास्थ्य चौकीमा वैकल्पिक विद्युत आपुर्तिको व्यवस्था भएपछि फ्रिज, डिपफ्रिज, एक्सरे, कम्प्युटर, प्रिन्टर, रकसन मेसिन, बेवी वार्मर, वामर लगायतका उपकरण आवश्यक परेको जुनसुकै समयमा प्रयोग गर्न सकिने भएको छ । बिरामीको उपचार, औषधी भण्डारण र सेवा विस्तारमा सहज भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ बगर र चेचुङमा सौर्य उर्जाबाट विद्युतीकरण गरेका थिए । अन्नपूर्ण गाउँपालिकाको देउराली आधारभूत, काफलडाँडा आधारभूत, आदर्श मावि, टिकोट मावि, सर्वोदय मावि, मुक्तिमार्ग मावि, खिवाङ आधारभूत, नांगीको सामुदायिक अस्पताल, राम्चे स्वास्थ्य चौकी र टिकोट सामुदायिक स्वास्थ्य इकाईमा पनि सौर्य उर्जा जडान गरेका सो संस्थामा आवद्ध सामाजिक कार्यकर्ता चित्र तिलिजा पुनले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...